logo
  • शनिबार, साउन ३० २०८३

शिव र वर्षाको तीजको कोसेली “चट्ट मायालु” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, बुटवल असार २७ ।
लोक तथा दोहोरी गायक शिब खनाल र गायिका बर्षा लम्सालको तीजको एल्बम “चट्ट मायालु” सार्वजनिक भएको छ ।
दुबै जनाको स्वर भएको उक्त गितको म्युजिक भिडियोमा चर्चित मोडल पार्वती राइ र राजु महोत्राले अभिनय गरेका छन भने विष्णु भट्टराईले निर्देशन गरेका छन ।

तीजको गितमा आफ्नी मायालुलाइ प्रशंसा गरेको भाव समेटिएको उक्त गितमा गायक बिधान कार्कीले संगित भरेका हुन भने शब्द स्वयंम गायक शिब खनालको रहेको छ ।

उक्त गितलाइ स्वाभिमान क्रियशनले बजार ब्यवस्थापन गरेको छ भने अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ । बुटवलको एशियन होटलमा छायांकन गरिएको भिडियो मा सगुन शर्माको श्रीन्गार छ ।

बिष्णु भट्टराईकै छायांकन सम्पादन रहेको छ । मिनुज़ रानाको नृत्य निर्देशन रहेको भिडियो आजै मात्रै युटुबमा सार्बजनिक भएको छ ।

हेरौ गीतको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend