साझा नेटवर्क
सुवास विश्वकर्मा, पाल्पा असार २७।
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृृत्यु भएको छ । हार्थोकबाट तानसेनतर्फ आउँदै गरेको लु २२ प ८५५३ नम्बरको मोटरसाईकल रिब्दीकोट गाउँपालिका–४ बाहुनडाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा तानसेन २ असनटोलका २५ वर्षीय मेहबुब अलीको घटनास्थलमै मृत्यु भएको हार्थोक प्रहरी चौकीले जनाएको छ ।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सडक देखि करिव १ सय मिटर तल खसेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend