साझा नेटवर्क
प्रेम सुनार गुल्मी,असार २७।
हिजो दिउँसो बढिघाट खोालमा भेटिएको एक महिलाको शव पहिचान भएको छ। उनि गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर १ , साविकको पौदीअमराई की ३५ वर्षिय गीता नेपाली भएको खुलेको हो ।
महिला गुल्मी जिल्ला मुसिकोट नगरपालिका १ साविक पौँदी अमराई गाविस९ ९ की वर्ष ३५ की गीता नेपालीको भएको खुलेको हो । गुल्मीकै साविक ईस्मा गाविसमा विवाह भएको र १३ वर्षकी एक छोरी त्यस मुनी ३ भाई छोराहरुको जन्म भएको र आफनो लोग्नेसंग राम्रो सम्वन्ध नभएका कारण मृतक गीता माईती घर नजिकै छाप्रो बनाएर बस्ने गरेको स्थानियले बताए ।
यसरी माईतीको शरणमा बस्दै आई रहेकी गीताको नाम नखुलेका एक जना युवा संग लसपस रहँँदै आएको छिमेकीले बताए । त्यही क्रममा गिता आईतवार उनकी भाउजू सीता नेपाली पारी वाग्लुङ्गमा पर्ने लव्दी खोलामा निर्माणाधीन मोटरेबल पुलमा काम गर्न गएका थिए । साँझ घर फर्किने क्रममा सोही पुलमा काम गर्ने बताईएका एक जना कामदारको फोन आएपछी म एक छिन पछी आउछु भनि भाउजूलाई पठाएर मृतक गीता त्यहि बसेको श्रोत भन्छ।
धेरैबेर सम्म गीता नआएपछी भाउजू सीताले गीताको मोबाईलमा फोन गर्दा स्वीजअफ भनेपछी भोलि भेट भैहाल्ला नि भनेर उनि मात्र घर गएको बताईएको छ । समाचार श्रोतका अनुसार, मृतक गीता र त्यस युवकवीच निकट सम्वन्ध भएका कारण बराबर फोनमा कुराकानी, भेटघाट, बसउठ भैरहने गथ्र्यो । दुबैवीच अवैध सम्वन्ध भएकै कारण यो घटना घट्न गएको व्यापक चर्चा बाहिर आएको छ ।
दुबैवीचको अनैतिक यौन सम्पर्कबाट गर्भ रहन गएपछी यो घटना भएको स्थानीयले आशंका गरेका छन् भने बलात्कार पछी हत्या गरी बडीगाड खोलामा शवलाई फालेको हुनसक्ने पनि स्थानीयमा चर्चा चलेको छ । उनको शव हिजो विहान वाग्लुङ्गको खरवाङ्ग नजिकै बढिघाट खोलामा फेला परे पछि निकै जोखिम मोलेर ईलाका प्रहरी कार्यालय खर्वाङ्गले खोलाबाट बाहिर निकालेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend