साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, दोहा l
ने.क.पा. (एमाले) का केन्द्रिय सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई आज बिहानको फ्लाइटबाट कतारको दोहामा आई पुगेका छन् l नेता भट्टराई प्रवासी नेपाली मञ्च वेलायतको अधिवेसन सकेर जुलाई ११ तारिख बिहान कतार आई पुगेका हुन् l उनको कतारमा ३ दिनको बसाई रहने प्रवासी मंच कतारका अध्यक्ष पोखरेलले जानकारी दिए l
मंचले १३ जुलाईका दिन आफु निकटका सम्पूर्ण विभागहरुलाई सुचित गर्दै भेटघाट कार्यक्रम समेत राखेको छ l सो भेटघाट कार्यक्रम दोहा स्थित ढाका रेस्टुरेन्टको सभाहलमा बेलुका ७ बजे देखि सुरु हुने भएको छ lभ्रमणका क्रममा नेता भट्टराईले कतारमा कार्यरत नेपालीहरुको बारेमा जानकारी लिने कार्यक्रम समेत रहेको छ l सोहि कार्यक्रममा नेता भट्टराईले आफ्नो कतार वसाईलाई उपलव्धी मुलक बनाउदै संगठित सदस्यहरुलाई प्रशिक्षण समेत दिने छन् l
यसै अबसरको सदुपयोग गर्नका लागी मञ्चका पदाधिकारी, सचिवालय सदस्य,राष्ट्रिय कमिटी सदस्य,निवर्तमान कमिटीका पदाधिकारी र सदस्यहरु,निवर्तमान सल्लाहकार परिषदका पदाधिकारी र सदस्यहरु,ईलाका कमिटीका पदाधिकारी तथा सदस्यहरु, संगठित सदस्य तथा मञ्चसंग अबद्दा सम्पूर्ण सदस्यहरुलाई समयमा उपस्थित हुनको लागिमंचले हार्दिक अनुरोध गरेको छ l
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend