साझा नेटवर्क
दिल कुमार श्रेष्ठ,दोहा l
एनआरएन एनसीसी कतारको १७/१९ कार्यकालको लागी युवा संयोजकको पदको लागी डिल्लीरामले आफ्नो उमेदवारीको घोषणा गरेका छन् l उनले कतारमा रहेका ४ लाख युवाहरुको नेतृत्व गर्नका लागी आफ्नो उमेदवारी दिएको बताए l
लामो समय देखि भट्टराई कतारको सामाजिक सस्थाहरुमा अबद्द रहदै सामाजिक सेवाका कार्यहरुमा लागिपरेका छन् l हाल समाज सेवा अभियान रुपन्देही कतारको अध्यक्ष तथा पर्बत युबा सेवा समाज कतार को मानर्थ सदस्य समेत हुन् lकतारमा दसौ बर्ष सम्म पसिना बगाउदै आफुले भोगेको अनुभवलाई युवाहरुमा पुर्याउदै नयाँ पिढीहरुलाई प्रदेशको हरेक अबस्थाको जानकारी दिने उनको लक्ष्य रहेको बताउछन् l
सामाजिक सेवामा लागेर भोगेका तितामिठा अनुभवलाई उर्जासिल युवाहरुमा पुर्याउदै लैजाने उनको धोको रहेको छ lअघिल्ला कार्यकालमा युवा संयोजकले पदीय जिम्मेवारी बहन गर्दा छुटेका कामहरुलाई कार्यन्वयन गर्दै आफु युवा संयोजक भएको खण्डमा युवाहरुमा जागरण ल्याउने नयाँ योजना रहेको समेत धरणा राखे l
आफुले दिएको उमेदवारीमा दोहामा रहेका स्थापित सम्पूर्ण संघ्सस्थाहरुलाई जानकारी गराउदै सबै तर्फबाट आफुलाई सहयोगको अपेक्षा राखेको साथ पाउनेमा समेत आफु ढुक्क रहेको जनाएका छन् l
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend