logo
  • शुक्रबार, असोज ९ २०८३

एनआरएनए कान्तोमा नविन निउरे


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

संगीता कुँवर, जापान ।
गैरआवसिय नेपाली संघ जापान अन्तर्गत कान्तो क्षेत्रको पाचौँ अधिवेशनले सर्वसहमतिमा अध्यक्षमा नविन न्युरेलाई चयन गरेको छ । सोमबार सम्पन्न अधिवेशबाट उपाध्यक्षमा रविन शर्मा र आकाश लामालाई चयन गरेको निर्वाचन समितिका संयोजक शालिकराम भण्डारीले जानकारी दिनुभयो ।
त्यसैगरि कोषाध्यक्षमा राकेश रुम्वा,सचिवमा अनुजराज कर्की ,सह सचिवमा दिपेश खत्री साथै सदस्यहरुमा केशव प्रसाद पौडेल,सुनिता महर्जन ,दोण केसी यादव,कृष्ण बहादुर थापा,पुजन लामा,अखिल तामांग,अनिल पन्त,चयन हुनुभएको छ ।
एनआरएनए जापानका अध्यक्ष सुदन थापा अधिवेशनकै शिलशिलामा ओसाकामा रहेकोले फर्के लगत्तै केहिदिनमै सपथको कार्यक्रम गरिने भण्डारीले जानकारी दिनुभयो ।

सह सचिवको बिषयमा विवाद आएपनि एक जनाको लागी मात्र चुनावमा जानु भन्दा धेरैको समर्थनमा सहमति मै समिति गठन गरिएको निर्वाचन कमिटिले जनाएको छ । निर्वाचन समितिमा समितिमा संयोजक शालिक राम भण्डारी ,बिकास श्रेष्ठ र बिशेश्वर रेग्मी रहनुभएको थियो ।

सोमबार मेगुरो कुमिन सेन्टरमा सकिएको अधिवेशनमा पत्रकारहरुलाई जवरजस्ती भिडियो डिलिट गर्न धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले खेद प्रकट गर्दै प्रेस बिज्ञप्ती समेत जारी समेत गरेको थियो । कान्तो एनआरएन जापानको सबैभन्दा धेरै सदस्य रहेको क्षेत्र पर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend