साझा नेटवर्क
अनिल खत्री, गुल्मी असार २५ ।
फरक कथा बस्तुमा गायिका शुसिला गौतमको नयाँ तिज गित सार्बजनिक भएको छ । यस वर्षको तिज पर्वलाइ मध्यनजर राखेर गायिका गौतमको ‘जवानीले टुनुमुनु बनायो’ तिज गित सार्बजनिक गरेकी छन् ।
माया प्रेमका कथा बस्तुलाई गित मार्फत समाबेश गरेर उक्त गित सार्बजनिक भएको हो । हिन्दु नारीहरुको महान पर्व तिज आउँन झण्डै दुई महिना बाँकी रहदा कलाकारलाई भने तिज पर्वले लागी सकेको छ ।
कलाकारहरुलाई तिजका गित गाउँन र गितको म्युजिक भिडियो तयार गर्न व्यस्त रहनाले उनिहरुलाई तिज पर्वले लागेको हो । गायिका गौतमले मायाँ प्रेममा भएगरेका मिठा अनुभवलाई आफना गितमा समाबेश गरेर मनोरञ्जन दिने प्रयास गरेकी छन् ।
उनको गितमा जव मस्त जवानी हुन्छ तव उसले बेसुर बनाएका कथा बस्तु पाउन सकिन्छ । लोकप्रिय गायक पशुपती शर्माको लय शब्द रहेको गितमा पशुपती र गायिका शुसिलाको सुमधुर स्वर रहेको छ । गितमा पशुपती र शुसिला पनि अभिनयको भुमीकामा रहेका छन् ।
गायिका गौतमले आफनै यूट्युव मार्फत सार्बजनिक गरेको गित धेरै दर्सक श्रोताले मनपराउने गौतमले बताइन् । तिज पर्वलाई मध्यनजर राखेर ल्याएको तिज गितले धेरै दर्सक श्रोताको मन जित्ने आशा राखेकी छु गौतमले भनिन् ‘फरक कथा कस्तु यो तिज गितमा रहेको छ ।
जव जवानी भरिन्छ तव बेसुर हुन्छन युवा युवती त्यो कथा बस्तु यो गितमा राखिएको गायिका गौतको तर्क रहेको छ । कलाकारहरुले यतिबेला आफना गितहरुलाई प्रचार गर्ने दरिलो माध्यम युट्यूवलाई बनाएका छन् ।
गित संगितको बजार कम्जोर भइरहेको बेला कलाकारहरुले आफना प्रस्तुलाई फरक माध्यमबाट भएपनि आफना गितहरु दर्शक श्रोता माझ ल्याउने प्रयास गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend