logo
  • शनिबार, असोज १० २०८३

रायमाझी कुलदेवता नगर समितिको नयाँ कार्यसमिति चयन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

महेस बोहोरा, बुटवल असार २४ ।
रायमाझी कुलदेवता नगर समिति बुटवलले आज नयाँ कार्य समित चयन गरेको छ । पुरानो तदर्थ समिति र नगर भित्र बसोबास गर्ने सम्पूर्ण रायमाझी बन्धुहरुको एक भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।
राजेन्द्र सिंह रायमाझी को अध्यक्षतामा १३ सदस्सिय कार्य समिती चयन गरेको छ । जसमा उपाध्यक्ष भगवती रायमाझी , सचिब रामु रायमाझी, सहसचिब बिजय रायमाझी, कोषाध्यक्ष लक्ष्मी रायमाझी, सहकोषाध्यक्ष नविन रायमाझी सदस्यहरुमा हुमबहादुर रायमाझी, नारायण रायमाझी, तारा रायमाझी, नगेन्द्र रायमाझी, सुवास रायमाझी, गोकर्ण रायमाझी र संगिता रायमाझी चयन हुनु भएको छ ।

त्यसैगरी भेलाले संरक्षक नारायण रायमाझी, सल्लाहकारहरुमा भिम बहादुर रायमाझी, दिपक रायमाझी र प्रेस सल्लाहकारमा पत्रकार राजेन्द्र जङ्ग रायमाझी लाई चयन गरेको छ । तदर्थ नगर सिमितिका अध्यक्ष राजेन्द्र सिहं रायमाझीको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख संरक्षक नारायण रायमाझीको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन समितिका सचिब रामु रायमाझीले गर्नु भएको थियो । भेलामा बुटवल भरी बसोबास गर्ने ५६ जना भन्दा बढी संख्यामा रायमाझी बन्धुहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend