logo
  • शनिबार, साउन ३० २०८३

शाइन रेसुङ्गाको नयाँ कार्यालय स्थापन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री,गुल्मी असार २४।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले नयाँ कार्यालय स्थापना गरेको छ। जिल्लाको सदरमुकाम तम्घास स्थीत उदिनढुगांमा नयाँ  कार्यालयको स्थापना गरि सेवा सुभारम्भ गरेको छ।सदरमुकाममा कार्यालय लय रहेता पनि छिटो छरितो सेवा प्रबाह गर्ने उदेश्यले बैकले  नयाँ  कार्यालय स्थापना गरेको छ । शुक्रवार एक कार्याक्रमको आयोजना गरि बैकले  नयाँ  एक्सटेन्सन मार्फत सेब सुरु गरेको बैकले जनाएको छ ।बैकका २८ वटा कार्यालय २ वटा एक्सटेन्सन काउन्टर मार्फत बित्तिय सेबा प्रारम्भ गर्दै आएको छ ।हाल बैकका अधिकांश शाखाहरु ग्रामीण भेगमा रहेका छन्। ग्रामीण क्षेत्रमा रहेका सेवा गरहीलाई सर्बसुलभ माध्यमबाट बैकिङ्ग सेवा दिने उदेश्यले बैकले ग्रामीण क्षेत्रमा जोड दिदै आएको छ । बैकको हाल चालु पाूजी १ अर्ब १० करोड रहेको छ ।

बैकले हाल सम्म निक्षेप परिचालन ९ अर्ब ८४ करोड कर्जा लगानी ८ अर्ब ६१ करोड रहेको छ । बैकका हाल १ करोड ५० हजार भन्दा वढी ग्राहक रहेका बैकका कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend