logo
  • शनिबार, असोज १० २०८३

अरु केहि पर्दैन वाँदर नियन्त्रण गरिदिनुहोस


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी असार २३ ।
गुल्मीका विभिन्न स्थानमा बाँदरबाट आतंकित भएका कृषकहरुले उमेदावारहरु भोट माग्न जाँदा वाँदर नियन्त्रणको माग गरेको विजयी उमेदवारले बताएका छन् ।

अरु वरु पर्दैन्थ्यो, रातदिन खेतीवाली खाएर हैरान पारेका बाँदर लखेट्ने कर्मचारीको व्यवस्था मिलाई दिए धन्य हुने भनेर जनताले भोट माग्न जाने बेलामा माग गरेको– रेसुङ्गा नगरपालिका वडा नम्वर ७ का नवनिर्वाचित वडाध्यक्ष मोहन पाण्डेले भने–‘हुन पनि यस वडाका जनता बाँदरबाट निकै आतंकित बनेका रहेछन् ।

त्यस्तै रुरु गाउँपालिका अन्तरगत साविकको थानापति , ग्वादी, रेसुङ्गा नगरपालिकाको अर्खले लगायतका जनताले पनि वाँदरले हैरान पारेको दुखेसो भोट माग्न जाने उमेदवारहरु संग गरेको विजयी उमेदवारले बताएका छन् ।

मुसिकोट नगरपालिकाका नव निर्वाचित मेयर सोमनाथ सापकोटाले यस्तै यस्तै झिनामसिना विषयहरु नै जनताले भोट माग्न जाने बेलामा माग गरेको बताए ।

उनले भने–‘ मैले त जनताले ठुला ठुला विषय उठाउलान भनेको थिएँ, तर निकै झिना मसिमान कुरा जस्तै वाँदर आतंकबाट मुक्ति, कुला, नाला, दुई चार मिटर पाईप जस्ता विषय माग गरेका पाएँ ।

उनले जनताले पहिला आधारभुत कुराहरुनै माग गरेकोले त्यो छिट्टै पुरा गर्न सकिने दावी गरे । उनले मुसिकोट नगरपालिकामा पहिलो काम प्रत्येक घरमा विद्युत सुविधा पुराउन पहल गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend