logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा एक मात्र गुरुङ्ग र चार जना दलित वडाध्यक्ष


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी असार २३।
गुल्मीमा अल्पसंख्यक समुदायका रुपमा रहेका गुरुङ्ग समुदायबाट एक जना वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । साविकको नयाँगाउँ ८ वाट टुक्रिएर बनेको रेसुङ्गा नगरपालिका ६ वाट नेकपा एमालेका उमेदवार गनबहादुर गुरुङ्ग गुरुङ्ग समुदायबाट पहिलो र एक मात्र वडाध्यक्षको ईतिहाँस रच्न सफल भएका हुन् ।

गुरुङ्ग २०५४ को निर्वाचनमा साविकको नयाँगाउँका गाविस उपाध्यक्षमा समेत विजयी भएका थिए । उनि नेपाल जनजाती महाँसंघ गुल्मीका अध्यक्ष समेत हुन् । त्यस्तै २ नगरपालिका र १० गाउँपालिका भित्र ९३ वडाहरु मध्ये दलित समुदायबाट जम्मा ४ जना वडाध्यक्षमा निर्वाचित भएका छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्वर–९ मा नारायणबहादुर सुनार, रुरु गाउँपालिका वडा नम्वर–१ बाट रामलाल बिक,, धुर्कोट –६ वाट कृष्ण नेपाली मालिका वडा नम्वर–४ बाट राजकुमार बिक वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनिहरु चारै जना नेकपा एमालेका विजयी उमेदवारहरु हुन् । कांग्रेसबाट एक जना पनि वडाध्यक्षमा दलित उमेदवारहरु थिएनन् । माओवादी केन्द्रबाट मुसिकोट नगरपालिका–१ मा वडाध्यक्षका उमेदवार दुर्गा विक , मालिका–१ मा जितबहादुर सुनार,, ईस्मा–२ मा राहुल बिक वडाध्यक्षका उमेदवार थिए ।

उनिहरु सवै पराजित भएका छन् । नेकपा एमालेबाट चन्द्रकोट – २ विशुखर्कबाट उमेदवार रहेका पुर्णबहादुर बिक पनि पराजित भएका छन् । त्यस्तै जिल्लाका एक मात्र दलित समुदायका पालिका प्रमुख उमेदवार धर्म बिश्वकर्मा रेसुङ्गा नगरपालिकाको मेयरमा पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend