logo
  • शुक्रबार, असोज ९ २०८३

रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधीहरुद्धारा सपथ ग्रहण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी असार २३।
गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर , उप मेयर सहित विजयी सम्पुर्ण जनप्रतिनिधीहरुले आज सपथ ग्रहण गर्दै ओहदाको प्रमाण पत्र प्राप्त गरेका छन् ।
मेयरमा विजयी डिल्लीराज भुसाल, उपमेयर सिता भण्डारी र १४ वटै वडाका विजयी वडाध्यक्षलाई प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासेनीले सपथ खुवाएका थिए भने अन्य सदस्यहरुलाई मेयर भुसालले सपथ खुवाएका थिए ।

जनतालाई वडास्तरबाटै सेवा दिने

यसै विच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले आजै पदभार समेत सम्हालेका छन् । पदभार ग्रहण पश्चात भुसालले सम्पुर्ण वडाध्यक्ष सहितको बैठक राखेर १४ वटै वडामा कार्यालय खोल्ने ति सवैमा यधासिघ्र वडा सचिव राखेर वडा स्तरबाटै जनतालाई सहज सेवा प्रदान गर्ने निर्णय गराएका छन् ।

पहिलो बैठकको पहिलो निर्णय, नगरवासी सम्पुर्ण मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षा निकाय, पत्रकार सवैलाई धन्यवाद प्रस्ताव पास गरिएको छ ।

१४ वडामा जम्मा ५ जना मात्रै सचिवले सेवा दिदै आएकोले नगरपालिकाका विकट गाउँबाट जनता सेवा लिन आउँदा कठिनाई परेको भन्दै भुसालले वडाध्यक्षहरुलाई वडास्तरबाटै सेवा प्रदान गर्न विशेष निर्देशन दिएका थिए ।

उनले खानेपानी, सरसफाई , विद्युत मर्मत सम्भार र १४ वटै वडामा यातायात सेवा सहज बनाउन आफु र वडाध्यक्षहरुले विशेष ध्यान दिन जोड गरेका थिए । उनले नगरवासीहरुले शुद्ध पिउने पानी नपाएकोले त्यसका लागि तत्काल आफुले सम्वन्धित पक्ष संग समन्वय गने बताएका थिए ।

त्यस्तै उपमेयर सिता भण्डारीले पनि आफ्नो न्याययिक कार्यभार सम्हालेकी छन् । उनले उत्पीडिनमा परेका , आर्थिक र सामाजिक रुपमा पछाडी परेका महिलाका पक्षमा आफुले विषेष जोड दिने बताईन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend