साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, कतार ।
एन. आर. एन. ए. एन. सी. सी. स्पेनको अधिबेसन नजिकिदै गर्दा बिभिन्न पदहरुको निम्ति भागदौड सुरु भैसकेको छ । यसै क्रममा तारानाथ अधिकारी द्वारा स्पेनको एन आर एन २०१७-२०१९ कार्यकालको निम्ति सचिव पदको लागि उमेद्वारी दर्ता गराएका छन् ।
खाडी मुलुकहरुमा १२ वर्ष कम्पुटर इन्जिनियर पदमा रही बिभिन्न सरकारी गैर सरकारी कम्पनिहरुमा काम गर्दै आएका तारानाथ अधिकारी समाज सेवामा पनि उतिकै तल्लिन थिए ।
कतार बसाइको अबधिभर पनि बिभिन्न संघसस्था संग आबद्ध रही समाजसेवामा उनले खेलेको भूमिका प्रसंसनिय रह्यो । खाडी मुलुकहरुमा अवसर छैन भन्नेहरुको लागि तारानाथ अधिकारी एउटा चुनौती नै हुन् ।
अन्य नेपाली युवाहरुको निम्ति सिप क्षमता भए खाडीमा नै केहि गर्न सकिने उदाहरण बनेर आफ्नो कतार बसाईलाइ केहि वर्ष अगाडी मात्रै बिटमार्दै स्पेनको बार्सिलोनामा बसोबास गर्दै आएका छन् ।
त्यहाँ पुगे लगत्तै उनलाई समाज सेवाको भावले पछ्याई रह्यो । पुन समाज सेवालाइ निरन्तरता दिने निर्णय संगै एन. आर. एन. ए. स्पेन संग जोडिन खोजेको तारानाथ अधिकारी बताउछन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend