logo
  • शनिबार, भाद्र २० २०८३

मगर संघ कतारको अध्यक्षमा शेर बहादुर सर्वसहमत


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बिजय कुमार मगर, कतार।
नेपाल मगर संघ, शाखा कतारले मिति २०१७ जुन ३० तारीख शुक्रबारका दिन “अधिकार सम्पन्न एकिकृत मगरात स्वायत्त प्रदेश स्थापानाको लागि हाम्रो अभियान, मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको पक्षमा १२ औं महाधिवेशन” भन्ने मुल नाराका साथ सम्पन्न “१२औं महाधिवेशन तथा १७औं वार्षिकोत्स संघका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा साथै २०१७/०१८का सांस्कृतिक वाङ्ग (राजा) रेशम आले मगरको विशेष उपस्थितिमा, नेपाल मगर संघ केन्द्रिय समिति काठमाडौंका अध्यक्ष नवीन रोका मगरको प्रमुख अतिथ्यमा दोहाको गल्फ होराइजन होट्लमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बिशिष्ट अतिथिहरुमा नेपाल मगर संघका प्रमुख सल्लाहकार भिम तरामु मगर, एन. आर. एन.(एन. सि. सि.)कतार अध्यक्ष विनेश तामाङ , नेपाल प्रवासी आदिवासी जनजाति महासंघ अध्यक्ष देवराज राई, संघका सल्लाहकार सदस्यहरु देव बहादुर राना मगर, जनक थापा मगर, रमेश कनौजे मगर, केशव राना मगर, खिम राना मगर, डि एन मगर, हुनुहुन्थ्यो ।
अन्य अतिथिहरुमा नेपाली महिला समाज कतार, कतारमा रहेका विभिन्न बैचारिक संस्थाहरुको प्रतिनिधिहरु, आदिवासी जनजाति संघमा आबद्ध मातृसंस्थाहरु, विभिन्न धार्मिक तथा जातीय संस्थाहरु, जिल्लावासी संस्थाहरु कतारमा रहनु भएका समाजसेवी, बुद्धिजीवी तथा ब्यबसायीज्युहरु, मगर संघ कतारका मानार्थ सदस्यहरु वविन राई, टेक रसाइली, रोशिका लामा, विभिन्न पत्रपत्रिका तथा अनलाइन खबरका पत्रकार ज्युहरु र नेपाल मगर संघ शाखा कतारका एरिया समितिका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए । कार्यक्रमलाई खुल्ला र बन्द सत्र गरि दुईभागमा सञ्चालन भएको थियोे भने खुल्ला सत्र संघका महासचिव बिजय मगर र बन्द शत्र सचीव रविन मगरले सञ्चालन गर्नु भएको थिए ।
कार्यक्रममा सभापति, प्रमुख अतिथि, बिशेश अथिति र अतिथिहरु बाट दियो बालेर ब्यानर अनावरण गरी कार्यक्रमलाई सुरु गरेका थिए भने नेपाल राष्ट्रिय गान, मगर गान र नेपालका प्रथम शहिद क्या. लखन थापा मगर र अन्य ज्ञात, अज्ञात सहिद हरुको सम्मान स्वरुप १ मिनेटको मौन धारण गरेको थियो ।संघका प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगरले स्वागत मन्तव्य वाट उपस्थित सवैमा कार्यक्रममा आउनु भएकोमा आºनो मन्तब्यवाट स्वागत गरेका थिए ।

रोजगारीको शिलशिलामा कतारमा आएका मगरहरुले आºनो मगर जातिको भाषा, लिपी, धर्म, संस्कृति, परम्परा जस्ता मगरहरुको पहिचान दिने कुराहरुको संरक्षण र संबद्र्धन गर्दै प्रवासबाटै भए पनि आफ्नो हक अधिकारको लागी यथासक्दो प्रयास गर्ने उद्देश्यले सन् २००० जून ३० (२०५७ अषाढ १६ गते) तारिखका दिन “मगर सेवा संघ, कतार” स्थापना भएको थियो ।

यस संघको १७औं वार्षिकोत्सबको अबसरको उपलक्ष्यमा सभापति तथा प्रमुख अतिथिवाट संयुक्त रुपमा केक काटेर संघको बार्षिकोत्सव भब्यताका साथ मनाएको थियो । उक्त समयमा नेपाल मगर संघ, शाखा कतार, अलखोर एरिया समितिका अध्यक्ष मन कुमार रोकिम मगरवाट लय शब्दमा निर्मित यस संघका कला तथा सांस्कृतिक विभागका सचिव तथा गायक सोम थापा मगरवाट स्वरले सजिएको मगरात सम्वन्धि गित विमोचन गित बजायर विमोचन गरिएको थियो ।

स्वागत सामुहिक नृत्य जय मगर जय जय मगरात भन्ने गितको बोलमा कला तथा सांस्कृतिक विभागकका कलाकारहरुले स्वगत नृत्य प्रस्तुत गरेका थिए । यस नृत्यका नृत्य निर्देशक संघका केन्द्रिय सदस्य तथा नृत्य निर्देशक भुपेन्द्र रिखाम मगरले गर्नु भएको थियो । अन्य सांस्कृतिक तर्फ मगरहरुको पश्चिममा नच्ने भुम्या नाच र पुर्वमा नाच्ने हुरा नाच प्रस्तुत गरेका थिए ।

संघको ११औं कार्यकाल (२०१५÷०१७) मा सहयोग गर्ने लखन थापा मगर स्पोर्टस् क्लवका खेलाडीहरु , कलाकार, जिल्लावासी संस्थाहरु, नेपाल प्रवासी आदिवासी जनजाति महासंघमा आवद्ध मातृसंस्थाहरु, समाजसेवी तथा बुद्धिजिवि र विशेष योगदान दिनु हुने कार्यसमितिका पदाधिकारीहरु साथै सदस्यहरुलाई पशंसा पत्र, सम्मान पत्र र कदर पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

नेपाल मगर संघ कतारले संघलाई विगत लामो समय देखी (निरन्तर संघमा १० वर्ष सम्म) योगदान दिदै आउनु भएका संस्थापक सदस्य तथा वर्तमान सल्लाहकार सदस्य नारायण राना मगर र पुर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार सदस्य देव बहादुर राना मगरलाई ताम्र पत्र द्धारा बिशेष सम्मान गरेको थियो ।

ताम्र पत्रबाट सम्मान हुनु भभएका नारायण राना मगर हाल नेपालमा रहनु भएकोछ भने पुर्व अध्यक्ष तथा बर्तमन सल्लाहकार सदस्य देव बहादुर राना मगरले आफू सम्मानित हुन पाउदा खुशी रहेको र आउँदा दिनहरु आफुले सकेको सहयोग सधै गरिरहने बताउनु भयो । कार्यक्रममा दोहा कतारमा स्थापित सम्पुर्ण कला तथा साहित्यिक सस्थाहरूको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय नेपाल साहित्यिक संस्था, कतार अध्यक्ष तिर्थ संगम राई ले कविता बाचन गरेर आफ्नो शुभकामना मन्तव्य दिनु भएको थियो ।

सम्पुर्ण समाजसेवी, बुद्धिजिवि तथा ब्यवसायीहरुको प्रतिनिधित्व गर्दैै नेपाल प्रवासी आदिवासी जनजाती महासंघ निवर्तमान अध्यक्ष सियाराम चौधरी, वैचारिक संस्थाहरु तराई मधेस प्रवासी मञ्चका अध्यक्ष मो. हुसैन खान ,जनमुक्ति मञ्च प्रवास समिति कतारका महासचिव राम किरण तामाङ, संघीय लिम्बुवान समाज कतारका महासचिव डम्बर लिवाङ्ग, नेपाली एकता समाजका महासचिव मदन श्रीष, संघीय समाज कतार महासचिव सुबोध तामाङ, जनप्रगतिशिल मञ्च कतारका का.वा. अध्यक्ष रकमध्वज राई, प्रवासी नेपाली मञ्च, कतारका महासििचव मुनाफ मियाँ, नेपाली जनसम्पर्क समिति, कतार सह कोषाध्यक्ष राम जि खत्री, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष देवराज राई र एन.आर.एन.ए (एन सि सि) कतारका अध्यक्ष बिनेश तामाङले कार्यक्रम सफलताको शुभकामना साथै नयाँ बन्ने कार्यसमितिलाई अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो।

प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष नवीन रोका मगरले नेपाल मगर संघ शाखा कतारको १२औं महाधिवेशन तथा १७औं वार्षिकोत्सब —२०१७ मा सहभागी हुने मौका दिनु भएकोमा मगर संघ कतारलाइ धन्यवाद दिदै अब मगरहरु हरेको क्षेत्रमा अघि बढनु पर्ने बताउनु भयो ।

अव मगरहरुले सामाजिक कार्यहरुको साथ साथमा आर्थिक, राजनैतिक क्षेत्रमा पनि अगाढी बढेर मगरात को हरेक मुद्दाहरुमा सम्पुर्ण मगरहरु एकजुट भएर अघि बढ्नु पर्ने कुरामा जोड दिनु भयो । अन्तमा मन्तव्य राख्दै १२औं महाधिवेशन तथा १७औं वार्षिकोत्सब २०१७ सब्य भब्य रुपामा सप्पन्न भएको र बन्दै गरेको नयाँ कार्यसमिति लाई अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।

बन्द सत्रमा महिला बिभागको प्रतिबेदन महिला संयोजक इशारा मगरवाट, कला तथा सास्कृतिक बिभागको प्रतिबेदन कला तथा सास्कृतिक बिभागका सचीव सोम थापा मगरवाट, विदेश बिभागको प्रतिबेदन बिभागका संयोजक तथा प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगरवाट , संगठन बिभागको प्रतिबेदन संगठन सचीव विवेक पुलामी मगरवाट प्रस्तुत गरिएको प्रतिवेदनलाई ब्यापक छलफलको साथमा सर्वसहमतवाट पारित गरिएको थियो ।

संघको केन्द्रिय समितिको प्रतिबेदन महासचिव बिजय मगरवाट ,आर्थिक प्रतिबेदन कोषाध्यक्ष केशव राना बाट प्रस्तुत प्रतिवेदनलाई पनि ब्यापक छलफलवाट सर्बसहमतवाट पारित गरिएको थियो । मगर संघ कतार को विधान २००० (संशोेधित विधान २०१७) लाई संयोजक देव बहादुर राना मगरले प्रस्तुत गर्नु भएको थियो । उक्त विधानमा पनि आवश्यक संशोधन गरी आगमी कार्यकालको लागि सर्वसहमतले पारित गरिएको थियो ।

संघको मताहतमा संचालित नेपाल प्रवासी मगर बचत कोषका चौथो भेला बाट परित आर्थिक र संगठानिक प्रतिबेदन लाई पनि पारित गरि केन्द्रिय समितिमा हस्तान्तरण गरिएको थियो । अन्तमा, सभापति महेन्द्र थापा मगरज्यूवाट चालु ११औं कार्यसमितीले भए गरेको कार्यहरुलाई सर्वसहमतवाट पारित गराई कार्यसमिति पनि विघटन भएको घोषणा गर्नु भएको थियो ।

देव बहादुर राना मगरको संयोजकत्वमा वनेको निर्वाचन समितिवाट शेर बहादुर रोका मगर (रुपन्देही) को अध्यक्षतामा २७ जना कार्यसमिति पदाधिकारहरुलाई र्निबिरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।

अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष—अभिमत पुन मगर (रोल्पा), द्वितीय उपाध्यक्ष —केशव घर्ती मगर (रुपन्देही), महिला उपाध्यक्ष — ईश्वरा थापा मगर (उदयपुर), महासचिव— बिजय कुमार मगर (झापा), कोषाध्यक्ष — केशव राना मगर (धनकुटा), सचिव—टोप बहादुर सारु मगर (नवलपरासी), संगठन सचिव — बिवेक पुलामी मगर (काठमाण्डौं), बिभागिय संयोजकहरु — भुपेन्द्र रिखाम मगर (कला तथा सांस्कृतिक विभाग) (उदयपुर), मन कुमार रोकिम (भाषा, लिपि, साहित्य अध्ययन तथा अनुसन्धान) (तनहुँ), सह—कोषाध्यक्ष — हिम बहादुर थापा मगर (रुपन्देही) र अन्य सदस्यहरुमा खगी पुन मगर (बाग्लुङ), लक्ष्मी घर्ती मगर (बाग्लुङ), भक्त बहादुर राना मगर (उदयपुर), शुक्र बहादुर पुलामी मगर (मोरङ), होम श्रीस मगर (बाग्लुङ), सोम थापा मगर (तनहुँ), लोक बहादुर सिंजाली मगर (सिन्धुली), मिन बहादुर थापा मगर (तनहुँ), हरी दर्लामी मगर (तनहुँ), पदम थापा मगर (पाल्पा), प्रकाश रोका मगर (रोल्पा), प्रकाश पुन मगर (कास्की), रेशम रोका मगर (अर्घाखाँची), गायत्री पुन मगर (रुपन्देही), जनक कुमारी थापा मगर ‘जानु’ (गोरखा)र एक जना रितm गरी २७ जनाको कार्यसमिति रहेको थियो ।

निर्वाचन समितिका संयोजकवाट नव निर्वाचित नयां कार्य समितिका पदाधिकारीहरुलाई, नेपाल मगर संघ, काठमाण्डौंका अध्यक्ष नविन रोका मगरको रहोवरमा संस्थागत शपथ ग्रहण गराउनुभएको थियो ।

अन्तमा, नव निर्वाचित समितीका अध्यक्षले निर्वाचित संपूर्ण सदस्यहरुमा संघले उठाएका सामाजिक, आर्थिक, नैतिक, भौतिक राजनैतिक मुद्दाहरुलाई कतारमा रहेको संघ संस्थाहरु संग हातेमालो गरी संघलाई अगाढी लैजानुपर्नेमा जोड दिंदैं संपुर्ण पदाधिकारीहरुको साथ र सहयोगको अपेक्षा लिएको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend