साझा नेटवर्क
कमल पौडेल, गुल्मी असार २० ।
मुसिकोट नगरपालिकाको पहिलो वैठकले नवैं वडाको सडकलाई वर्षाको समयमा पनि चल्ने गरि स्तरउन्नतीको लागी लगानी गर्ने निर्णय गरेको छ।
तत्कालै एउटा जेसिवि हायर गरि सडक अवरुद्ध हुन नदिन हरसम्भव प्रयास गर्ने, चिप्लो वाटोमा गिटि विछ्याउने तथा सडक कर्मचारी नियुक्ति गर्ने निर्णय गरेको छ । त्यस्तै पहिलो वैठकले वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेको संयोजकत्वमा ५ सदस्यिय राजश्व परामर्स समितिको गठन गरेको छ।
जसमा वडा नं. ६ का वडा अध्यक्ष खड्क वहादुर खड्का, वडा न. १ का सदस्य दल वहादुर थापा, नगरपालिका कार्यालयका सुर्य सोमै र नवराज शर्मा रहनुभएको छ। बैठकले सम्पूर्ण जनप्रतिनिधिले १५ दिन भित्र सम्पत्ति विवरण वुझाउने, निर्णय पनि गरेको छ।
वैठक मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाको अध्यक्षता तथा नगरपालिकाका कार्यकारी अधिकृत घनश्याम न्यौपानेको संचालनमा सम्पन्न भएको थियो। त्यस्तै आजै मुसिकोट नगरपालिकाको वडा नं. १, २ तथा अन्य वडामा समेत पदास्थापन कार्यक्रम सम्पन्न भएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend