logo
  • शुक्रबार, असोज ९ २०८३

पहिलो महिला राजदुतलाई टोकियोमा स्वागत तथा सम्मान


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

संगीता कुँवर, जापान ।
जापानका लागी पहिलो महिला महामहिम राजदुत प्रतिभा राणाले स्वयम महिला आफुलाई कमजोर छौँ भन्ने ठान्नु गलत भएकोले पुरुषसंग प्रतिस्प्रधा गर्न सक्ने दक्ष महिला बन्न अनुरोध गर्नुभयो ।

जब सम्म महिलाले सक्छु र गर्छु भन्ने हिम्मत राखेर ज्ञान सिप र क्षमता बढाउनमा अघि आउदैनन तब सम्म महिलापछि नै रहने बताउनुभयो । महिला समुह जापानले टोकियोमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा राणाले जापानमा रहेका महिलाहरुले भोलीको देश बनाउने भएकोले आफ्नो क्षमता र ज्ञान हासिल गर्न अनुरोध गर्नुभयो ।

राणाले महिलाहरुको सफलतामा पुरुष पनि संगै हुनेभएकोले अब महिला र पुरुष संगै सहयात्रा र प्रतिस्प्रधाका लागी अघि बढिन सुझाव दिनुभयो ।

कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाजका उपाध्यक्ष सरिता ढकाल, पत्रकार महासंघका केन्द्रिय सदस्य पवनबर्शा शाह, एनआरएनए आईसिसि महिला सदस्य कालिका थापा, ओनएफ जापानका सचिव जिवन अर्याल, जापानमा पिएचडि अध्ययनरत महिला जानुका खतिवडा लगायतले मनतव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम ग्रिष्मा पौडेको स्वागत मन्त्व्स संयोजक कमला काप्रिको अध्यक्षता र सिर्जना पाण्डेको संचालनमा सम्पन्न भएको थियो।कार्यक्रममा महिलाको बाक्लो सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend