logo
  • शुक्रबार, असोज ९ २०८३

देशको विकास गर्न लगानी र दक्ष बनिसकेका युवा बेलैमा स्वदेश फर्कनु पर्छ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

संगिता कुवँर, टोकियो ।
त्रिभुवन विश्वबिधालयका पुर्व कुलपति एवम प्राध्यापक डा. केदारनाथ माथेमाले नेपाल बिकासको लागी जुर्मुराउदै गरेकोले अब बिदेशमा दक्ष बनेका युवा देश बनाउन फर्कने समय आएको बताएका छन् ।

दिगो बिकासका लागी पारस्पारिक मैत्री समुह’ INFSD जापानले टोकियोमा आयोजना गरेको ‘समृद्द नेपाल निर्माणमा प्रवासीहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन । देशलाई परिर्वतन गर्न सबैभन्दा पहिला आफु परिवर्तन हुन आवश्यक रहेको बताउदै देशको बिकासका लागी युवा पुस्ता शिक्षामा अगाडी आउनै पर्ने बताएका छन् ।

जापानका लागी पुर्व राजदुत समेत रहेका माथेमाले जापानको प्रगति स्रोत र पैसाले नभएर संस्कारले बनेकोले समयमै काम गर्ने संस्कार र मिहिनेत गर्ने बानी, ईमानदारीता, कामको सम्मान गर्नाले नेपाल पनि बिकसित देश बन्न समय नलाग्ने बताए ।

हरेक काम सिक्न उमेरले नछेक्ने भएकोले सिक्ने कुरामा पछि नपर्न अनुरोध गरे । कार्यक्रममा बिबिसी नेपाली सेवाका पुर्व प्रमुख तथा पत्रकार रबिन्द्र मिश्रले सकिन्छ भने दक्ष युवालाई छिटो देश फर्कन अनुरोध गरेका छन् । तत्काल देश फर्कन नसक्नेहरु बिदेशबाटै देशमा लगानी र माया गरिदिए पनि देश बनाउन सकिने बताएका हुन् ।

नराम्रो भए पनि आफ्नो देश प्यारो लाग्ने बताउदै अरुको देश सुन्दर भनेर प्रशंसा गर्नुभन्दा हाम्रो देश पनि सुन्दर बनाउन जसले जहाँबाट जे सकिन्छ त्यो सुरु गर्न आवाह्वान गरेका छन् ।

चुकुवा विश्व बिधालयका प्राध्यापक डा. कमल लामिछाने ले स्वयम आफै संग ईमान नहुनेले अरुसंग ईमानदारि बन्न नसक्ने बताउदै सबै नेपालीहरु पनि स्वयम आफु ईमान्दारि भएर हरेक पेशा र कामलाई सम्मान गर्न अनुरोध गरे । सकारात्मक हुनु भनेको सकरात्मक बोल्नु भन्दा ब्यबहारनै सकारात्मक हुनुपर्र्ने बताए ।

त्यस्तै टेलिभिजन पत्रकार प्रेम बानियाँले देश छोडेर परदेशीदैमा देश छोडेर भाग्यो भन्ने आरोप लगाउनु गलत रहेको बताँउदै अाफु अध्ययनको शिलशिलामा अमेरिका रहेकोले अध्ययन पश्चात नेपाल फर्किने बताए । साथै बिदेशमा रहेका नेपालीलाई अब ज्ञान सिप र क्षमता भएका नेपाली नेपाल फर्क या आमालाई संझेर घर फर्क जस्ता अभियान सुरु गर्नुपर्ने बताए ।

५ सय जनाको सिट रहेको नाकोनो जिरो हलमा सिट क्षमता भन्दा बाक्लो उपस्थिति रहेको थियो । बिशेष गरि टोकियोमा सास्कृतिक कार्यक्रममा बाक्लो सहभागीता हुने गरे पनि आईतबारको कार्यक्रममा बौद्दिक जमातको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक महेश श्रेष्ठको अध्यक्षता सहसंयोजक दुर्गा खत्रीको स्वागत मन्त्व्य INFSD का सल्लाहाकार एवम एनआरएन जापानका महासचिव अनुज थापाको बिषयबस्तु प्रबेश र शन्तोष बाबु चोखालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend