logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको मुसिकोट न.पा.मा मेयर तथा उपमेयरद्वारा पदभार ग्रहण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल,गुल्मी असार १९।
गुल्मीको मुसिकोट नगरपालिकामा नव निर्वाचित मेयर सोमनाथ सापकोटा तथा उपमेयर कमला गौतमले सोमवार पदभार ग्रहण गर्नुभएको छ। निर्वाचन अधिकृतको कार्यालयवाट सपथ लिए लगत्तै नगरपालिकाको कार्यालय वामी टक्सारमा सापकोटा र गौतमले पदभार ग्रहण गर्नुभएको हो। दिउसो भएको प्रमाण पत्र वितरण तथा सपथ ग्रहण कार्यक्रममा प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै मेयर सापकोटाले भौतिक पूर्वाधार निर्माण, जनमैत्री प्रशासन तथा गरिवि र विकटताको कारणले आधारभुत आवश्यक आवश्यकता वाट वन्चितीमा परेको समुदायमा काम पहिलो प्राथमिकता हुने वताउनु भएको छ।

मुसिकोट नगरमा धेरै संभावना रहेको र आफुले घोषणा पत्रमा उल्लेख गरेवमोजिम सवै पार्टि तथा जनता संग मिलेर काम सम्पन्न गर्ने वताउनु भएको छ। सापकोटाले आफु कुनै नाता,कृपाको चंगुलमा नफस्ने भन्दै सचेतता पूर्वक काम गर्ने वताउनु भएको छ। उपमेयर कमला शर्माले पनि निष्ठा पुर्वक काम गर्ने वताउनु भएको थियो।

कार्यक्रममा पूर्व सांसद कमल श्रेष्ठले कसैले राजतन्त्र फर्किन सक्छ भन्नु दिवा सपना भएको वताउनु भएको छ। त्यस्तै नेकपा एमालेका मुसिकोट नगरकमिटि प्रमुख जिवन खरेलले कम्यूनिष्ट आन्दोलन जनताको लागी भएको र सत्तामा पुग्दा तिनै जनविरोधिहरुले जनप्रतिनिधिलाई प्रयोग गर्न सक्ने भएकोले सधै चनाखो हुन निर्वाचित प्रतिनिधिहरुलाई सचेत वनाउनु भएको थियो। खरेलले शोषकहरु नयाा रुपमा प्रतिनिधि वरिपरि घुम्ने र फसाउने भएकोले सचेत हुन आग्रह गर्दा मेयर सापकोटा भावुक हुनु भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका कृष्ण प्रसाद काफ्ले, प्रजातन्त्र पार्टिका चर्तुभुज वि.क.,राष्ट्रिय जनमोर्चाका मोहनलाल श्रेष्ठ,नेकपा मालेका राज कुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने नेपाली काग्रेसका प्रतिनिधिको सहभागिता रहेको थिएन। कार्यक्रम निर्वाचन अधिकृत घनश्याम न्यौपानेको अध्यक्षता तथा सहायक निर्वाचन अधिकृत हरी ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रममा नव निर्वाचित मेयर उपमेयर, वडा अध्यक्ष तथा सम्पूर्ण वडा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो भने निर्वाचन अधिकृत घनश्याम न्यौपानेले सपथ ग्रहण गराउनु भएको थियो ।

यस्तै वडा नं.७ का वडा अध्यक्ष प्रकाश काफ्लेले पनि आजै पदभार ग्रहण गर्नुभएको छ। वामी टक्सार परुवामा रहेको वडा कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो। त्यस्तै मुसिकोट नगरपालिकाको पहिलो वैठक अहिले वस्ने तयारी गरिएको छ। पहिलो वैठकले निर्वाचित सवै प्रतिनिधिहरुको १५ दिन भित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने लगाएतका निर्णय गर्ने वताइएको छ। फोटो: सपथ ग्रहण तथा सोहि कार्यक्रमको झलक तथा फोटो फिचर एटेज गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend