साझा नेटवर्क
अनिल खत्री, गुल्मी असार १९ ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा असार १४ मा सम्पन्न निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार बनेका अजय पन्थीले मतदातालाई धन्यवाद दिएका छन् । उनले दल भन्दा माथि उठेर नेपाल माताको सच्चा पुत्र बन्नुपर्छ प्रति जोड दिएका छन् ।
सोमबार एक प्रेस बिज्ञप्ती जारी गर्दै उनले देशमा देखिएको राजनितीक विकृति गुटतन्त्र, झुटतन्त्र र लुटतन्त्रका गतिविधिले समाजमा देखिएको निराशालाई अनुभुत गरेको दुखेसो गरेका छन् । बिज्ञप्तीमा उनले समाजमा नँया अभियान र जागरण ल्याउन करिब १४ महिना अघिदेखि नै मैले क्रियाशिल राजनितिक दल नेपाली कांग्रेस परित्याग गरेको जनाएका छन् ।
दलहरुका कार्यकर्ताहरुको गतिविधिले जनतामा आएको चरम निराशालाई आत्मसाथ गर्दै यस रेसुंगा नगरपालिकाको नगर प्रमुख मेयर पदमा मैले स्वतन्त्र उम्मेदवारी दिएको जनाएका छन् । उनले आफनो उम्मेदवारीलाई कतै कुनै दलले विद्रोही भनेर व्याख्या गरे कुनै दलले हराउने अभियान बोकेको भनेर पनि बदनाम गर्न खोजेको प्रति दुख प्रर्कट गरेका छन् ।
समाजलाई सदाचारी बनाउन पहल गर्न, भ्रष्टचार मुक्त शासन प्राणलीको सुरुवात गर्न, गुन्डागर्दी, विकृती, विसंगती, कुरिति विरुद्ध युद्ध छेड्ने अभिप्रायका साथ उम्मदेवारी रहेको जनाएका छन् । संवैधानिक हक अधिकारको प्रयोग गरी उम्मेदवारी दिदा मलाई काटछु–मार्छु, भनियो उनले भने ‘सामाजिक संजालमा अमपान र लज्जा बोद्य शब्दहरुका साथ धम्की दिइयो ।
कसैलाई जिताउन आर्थिक लाभ गरेको भन्ने झुट्ठा लान्छना र अपमानको पिडा बोद्य गरी २०३३ साल देखि निरन्तर नेपाली कांग्रेसमा सम्बद्ध आफना पिताजीले नेपाली कांग्रेसको क्रियाशिल सदस्यता त्याग गरेको बताए ।
उनले आफनो उम्मदेवारी कसैको सर्मथ र कसैको विरुद्धमा थिएन तापनि विवादमा तान्ने प्रयासहरु भैरहे, छोटो प्रचार–प्रसारको समयमा आदरणीय नगरबासीहरुलाई भेट्ने मेरो इच्छा पुरा हुन सकेन तथापी मेरा विचारहरुलाई यहाँहरु समक्ष प्रस्तुत गर्दा मैले प्राप्त गरेको हौसला अविष्मरणीय रहने जनाएका छन् ।
उनले मतदाताहरुले देखाउनु भएको सद्भाव, दिनुभएको स्नेह, सम्मान प्रति म सदा सर्वदा ऋणी रहने छु र मलाई आफ्नो अमुल्य मत दिनुहुने समस्त नगरवासीहरुलाई विशेष धन्यवाद दिएका छन् ।
पन्थीले आफ्नो अभियानलाई निरन्तर जारी राखी यस नगर र नगरबासीहरुको हक अधिकार, विकास र समृद्धिको निमित्त एक असल नागरिक बनी सदा सर्वदा असल कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend