logo
  • शुक्रबार, असोज ९ २०८३

रोल्पाको लुङग्री गा.पा. ६ गुम्चालमा माओवादी केन्द्रको विजयी र्‍याली


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रोल्पा, असार १८ ।
देशमा २० वर्षपछि भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन यहि असार १४ गते सम्पन्न भएको थियो भने मतगणना १६ गते राती सार्वजनिक गरे संगै लुङग्री गाउँपालिका को ६ नम्बर गुम्चालबाट अध्यक्षमा यामलाल बिष्टले ५२७ मत प्राप्त गरि माओवादी केन्द्रको प्यानेलले बिजय प्राप्त गरेको थियो ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस का उम्मेदवार लोकेन्द्र बुढाथोकीले ४६१ मत प्राप्त गरि पराजित हुनु भएको थियो। यसरी गरि केन्द्रका बिजय उमेदवार सदस्यमा नर बहादुर पुन,लिगम रोका,महिला सदस्य खिमसरा बस्नेत र दलित महिला सदस्यमा लालु कामी रहेका थिए।

बिजय भएको खबर प्राप्त संगै साबिकको गुम्चाल गाबिस वडान.४,५,६बाट करिब ३०० जना जनताको बाक्लो उपस्तिथिमा बाजागाजा बिजय नारा जुलुस सहित गाउँपालिका केन्द्र किलाचौरमा पुगि बिजय उमेदवार सङ भेटघाट गर्दै खुसी हर्ष उल्लासका साथ उमेदवार लाई स्वागत तथा बधाई दिदै अबिर ल्यापन र माल्यापण गर्नमा तछाड मछाड गर्दै अबिर ले उमेदवारको अनुहार नै चिन्न गाह्रो थियो।

त्यसरी गरि केन्द्रबाट नारा जुलुस सहित त्यहा बाट बडाचौर बिस्ट पोखरा सेवार साबिकको गुम्चाल बेरि तल्लो गुम्चाल उपल्लो गुम्चाल हुँदै फुलवर्सना पुगेर सभा कोणमा परिनत हुँदै वडाका अध्यक्ष यामलाल बिष्टले आफू २४ वर्षको उमेर देखि समाजसेवीमा लाग्दै आएको र सबैले मलाई बिश्वास गरेर बिजय बनाउनु भएकोमा धन्यवाद व्यक्त गर्दै आफ्नो समय कार्यकाल समाज जनता सामुह रहने र जनताको लागि लागिपर्ने प्रतिबद्धता समेत बताए।

यसैगरी त्यस सभामा उमेदवार सदस्य नर बहादुर पुनले आफुलाई बिजय बनाउन मा जनताको ठूलो अहम भुमिका रहेको हुदा यस अवस्थालाई कहिले नभुल्ने र वीर सहिदहरुको सम्झणामा त्यो सपना पूरा गर्न कटिबद्ध रुपमा अगाडि बढ्ने समेत बाएत भने उक्त सभामा समाजसेवी दुर्ग बहादु बिष्ट,बुद्धिजीवी पुनराम बुढाथोकी, मन बहादुर बुढाथोकी, भुपेन्द्र बुढाथोकी, जोख बहादुर बुढाथोकी दल बहादुर सुनार, वाइसीएल संयोजक सागरको पनि बिशेश उपस्थिति थियो ।

बिजय उत्सव बाजागाजा साथ नाचगान अनि नाराजुलुस सहित अझैसम्म जारी रहेको र अझै केही दिन सम्म प्रतक्ष्य जनताको घर आगनमा पुगि शुभकामना एवं बधाई अनि स-धन्यवादका कार्यक्रम जारि रहने पाटे गुम्चालबाट जे बि बिष्ट बिवस गाउँले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend