logo
  • शनिबार, भाद्र २० २०८३

लमजुङ सेवा समाज कतारको अध्यक्षमा श्रेष्ठ


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दीलिप पराजुली ,दोहा कतार ।
लम्जुङ सेवा समाज कतारको १२ औ अधिबेसन ३० जुन शुक्रबारका दिन भब्यताका साथ सम्पन्न भएको छ। लमजुङ जिल्लामा जन्मिएका पुर्ब सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख अतिथ्यता तथा नेपाली दूतावास कतार का उपप्रमुख मणि रत्न शर्माको बिशेष उपस्थिति सम्पन्न भएको अधिबेसनमा कतारका थुप्रै नेपाली संघ सस्था र ब्यक्तीहरुको बाक्लो उपस्थिती थियो। अन्य बिशेष कार्यक्रममा कतार पुग्नु भएका पूर्व मन्त्रि गुरुङलाई प्रमुख अतिथिको रुपमा लिदै अधिबेसन संचालन गर्न पाउनु कतारबासि लम्जुंगेको लागि राम्रो सौभाग्य हो । दोहा नजिकैको बिन उम्रान एरियाको गार्डन भिलेज रेस्टुरेन्टको सभा हलमा संचालित सो कार्यक्रमको स्वरुप र प्रस्तुति कतारमा हुने गरेका अन्य कार्यक्रम भन्दा फरक खालको थियो । चक्लेट र अधिबेसन अन्कित उपहार सहित गरिएको अतिथि सत्कार साथै हलको सजावट र कार्यक्रमको ढाचामा केही पृथकता देखिएको थियो । सस्थाका प्रथम उपाध्यक्ष खुसिराम गुरुङको स्वागत मन्तब्य सहित पृष्ठभुमिमा पन्चे बाजाको धुन सङै पानसमा बत्ती बालेर उद्घाटन गरिएको सो कार्यक्रममा कतार र नेपालको रास्टिय झन्डा बोकेर नेपाली  रास्ट्रिय  गान गाइएको थियो ।

परिवारको सुख र आफ्ना अनेकौं सपना पूरा गर्न प्रबासमा प्ररिश्रम गर्ने कयौ नेपालीहरु आफ्ना ति सपनाहरु थाती राख्दै अचानक कफनमा बेरिएर फर्कनु पर्ने बिबशतालाई सांकेतिक रुपमा देखाउन सेतो कपडाले बेरिएको कफन स्टेजमा राखिएको थियो ।त्यही कफनको बिम्बलाइ मस्तिष्क भरी घुमाउदै तिनै प्रबासमा रोजगारीको क्रममा ज्यान गुमाएका मृतक श्रमिकहरुको आत्माको चिर शान्तीको कामना सहित एक मिनेट मौन धारण गरिदा कार्यकममा उपस्थित सबैजना भाब बिभोर मुऽामा स्तब्ध थिए । “तपाइले पिउने लुमाले तपाईंकि झुमाको जिन्दगी पनि बर्बाद हुन सक्छ” “स्कुल कलेज पढ्ने तपाईंका छोरा छोरी कतै गलत बाटोमा त लागेका छैनन , “ तपाइले बिबाह गराइदिन लाग्नु भएको  तापाईका छोरा छोरी उमेरले परि पक्का त छन ? “बाबा, तपाईं सधैका लागि कहिले घर फर्किने भनी दिनहु सोधी रहने ती तपाईंका कलिलाबाल बालिकाका लागि तपाईंको उत्तर के छ ? कतै तपाइा आफ्नै चेलीबेटीलाइ अनाबस्यक लगातार फोनमा जिस्काउदै असजिलोमा त पारिरहनु भएको त छैन ? आदि लेखिएका सन्देस मुलक कागजी लाल्टिनहरुले भरिएको सभाहलका प्रत्येक कुना कुनामा सन्देस र सूचना मुलक पोस्टरहरु टासिएका थिए ।लम्जुङका प्रसिद्ध मुख्य मुख्य स्थानहरुको तस्वीरहरु प्रोजेक्टरको माध्यामबाट एकातिर भित्तामा चली रहेको थियो भने सबैका हात हातमा लम्जुङको चिनारी सहितको पर्चा देखिन्थ्यो । थुप्रै पर्यटकिय स्थलहरु भएको लम्जुङको पर्यटनको प्रबर्द्धनका लागि “ लम्जुङ घुम्न जाऔ ( आन्तरिक पर्यटन बढाऔ “ भन्ने आव्हान र लम्जुङका केही दृश्यहरु अन्कित फोटो फ्रेमकार्यक्रम को थप आकर्षण थियो ।
प्रमुख अथितीले आफ्नो फोटो खिचेर फोटो सेसन सुरु गर्नु भएको उक्त फोटो फ्रेममा विशेष अथिती तथा अन्य उपस्थित महानुभाबहरुले पनि आ आफ्ना मोबाइलमा आ(आफ्ना फोटो खिचेका थिए भने सो खिचिएको फोटोलाई आफ्नो आफ्नो फेसबुकको वालमा पोस्ट गरि लम्जुङलाई सबै माझ मार्फत परिचित गराइदिन आयोजकको तर्फ बाट अनुरोध गरिएको थियो । आपत्कालिन अबस्थामा सस्था भित्रका सदस्य एवम सस्था बाहिरका पिडित र समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई सहयोग गर्न “ आकस्मिक कोष“ स्थापना गर्ने उदेश्यले सस्थाका सदस्यहरु बिच नियमीत रुपमा स्वैच्छिक बचत गर्नका लागि “ सुर्केथैली अभियान “सुरु गरिएको थियो । लोप हुादै गइ रहेको परम्परागत शैलीको कपडाको सुर्के थैलीको मुख खोलेर थैलीमा स्वैच्छिक सहयोग रकम राखी दिएर कार्यक्रमका प्रमुख अतिथी गुरुङ र राजदुतावासका दितीय सचिब गायत्री पौडेलले अभियानको सुरुवात गरेका थिए । त्यस पछि तत्कालै सो अभियानका लागि उपस्थित अतिथीहरु बिच बाडीएको करिब ५० थान थैलीमा ६७९कतारी रियाल सन्कलन भएको थियो । साथै सस्थाले यो कार्यकाल भरिमा गरेको कार्यहरु लाई आकर्षक शैलीमा प्रोजेक्टरको माध्यमबाट दृश्य सहितको प्रगती प्रतिबेदन प्रस्तुत गरिएको थियो । प्राबिधिक कारणले निर्धा्रित समय भन्दा केही ढिला कार्यक्रम सुरु भएको कार्यक्रममा प्रस्तुत थुप्रै साङितिक कोसेलीहरुले त्यहाको बाताबरणलाई निकै रमाइलो बनाएको थियो ।

लम्जुङ सेवा समाजका कलाकार सम्योजक राज लोप्चान र महिला बिभाग सम्योजक कमला गुरुङ तथा सदस्य लेख विलासको सहभागितामा प्रस्तुत साङितिक कार्यक्रममा लम्जुङको पहिचान हुने खालका लाइभ दोहोरि गित , नाच तथा लम्जुङकै प्रसिद्ध ठाडो भाकाका तुक्काहरु पनि गाइएको थियो । कार्यक्रमको प्रसंशा सहित अधिबेसनको सफलताको सुभ कामना दिनेहरुमा सामाजिक अभियान्ताहरु क्रान्ति सिह , बिमल सुवेदी , सागर नेपाल, तेज कटुवाल , बिनोद भट्टराई , हंस राज ढकाल , टिबि कार्की आदिले शुभकामना दिएका थिए ।

त्यस्तै कतारका लागि नेपाली राज दुताबास उपप्रमुख शर्माले नेपाली कामदारको कमजोरी तथा दूतावासले गर्ने सेवा र सहयोगका बारे बताएका थिए, भने कार्यक्रमको प्रमुख आकर्षण प्रमुख अथिती गुरुङले लम्जुङमा पर्यटनको प्रसस्त सम्भाबना भएको र यसलाई प्रबर्द्धन गर्ने सके स्वदेश मै थुप्रै रोजगारिको अबसर सृजना गर्न सकिने बताए । ल से स कतारको तर्फ बाट उहा लाइ सस्थाको तर्फबाट दोसल्ला र सम्मानपत्र द्वारा सम्मानित पनि गरिएको थियो ।
अन्त्यमा सस्थाका अध्यक्ष बिष्णु लाल श्रेष्ठ ले उपस्थित सबैलाई धन्यवाद दिदै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए भने उक्त कार्यक्रमको संचालन सस्थाका महासचिव सीताराम थापा ले गरेका थिए ।

करिब ६ घन्टा सम्म लगातार गरेका चलेको उक्त कार्यक्रमको बन्द सत्रपछी पुन: बिष्णु लाल श्रेष्ठ कै अधक्षतामा १९ सदस्यीय नया कार्य समिती चयन गरिएको छ जस्मा प्रथम उपाध्यक्षमा खुसिराम गुरुङ , दितिय उपाध्यक्षमा नबराज नखोला महासचिवमा सिताराम थापा , कोषाध्यक्षमा बिनोद बसौला , सह कोषाध्यक्षमा शिव रसाइलि , सचिबमा युवराज गुरुङ , क्षेत्रीय सदस्यमा क्रमश रामचन्ऽ अधिकारी र बुद्धि सागर सुबर्णकार छन ।

त्यस्तै अन्य सदस्यहरुमा सन्जय रेग्मी , कर्म गुरुङ , रबि गुरुङ ,दिपक अधिकारी ,रबिन् घिमिरे, उपेन् सोती ,प्रेम अधिकारी, लेख विलास बिशुराल, कुमारी गुरुङ र राज लोप्चन रहेका छन् । नब निर्वा्चित समिति लाइ निर्वाचन आयोग संयोजक सुदर्शन भट्टले सफत ग्रहण सहित पदीय प्रमाण पत्र हस्तान्तरण गराएदै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend