साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार १७
गुल्मीमा कांग्रेस माओवादी गठबन्धनका पाँच वटा गाउँपालिका मध्ये धुर्कोट गाउँपालिका सफल भएको छ ।
गठबन्धनका प्रमुख भुपाल पोख्रलेले एमालेका कृष्ण घिमिरेलाई तीन सय ६५ मतको अन्तरले पराजित गरेका छन् । कांग्रेस माओवादी केन्द्रका संयुक्त उमेदवार पोखरेलले पाँच हजार एक सय १६ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी एमालेका घिमिरेले चार हजार सात सय ५३ प्राप्त गरेका थिए । त्यस्तै उपप्रमुखमा पनि गठबन्धनकै कांग्रेसका शिव केसी ७० मतको अन्तरले विजयी भएका छन् ।
केसीले चार हजार आठ सय १६ र एमालेकी रिता थापा चार हजार आठ सय ४२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धुर्कोट गाउँपालिकामा अरु सवै पार्टीबिच एमाले एक्लै प्रतिस्प्रर्धा गरिरहेको थियो ।
गठबन्धनले धुर्कोट गाउँपालिकाका ७ वडा मध्ये चार र एमालेले तीन वडामा वडाध्यक्ष सहित सवै प्यानल जितेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend