साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार १७ ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्माले एमाले बडार्नेहरु अहिले आफै बडारिएको बताए ।
“पहिले पनि एमाले सकिन्छ भन्नेहरु थिए, उनले भने,पहिलो पार्टी भएपछि गुपचुप भए । उनले अहिले पनी २ नम्बर प्रदेशबाट एमाले बडारिन्छ भन्नेका विरुद्ध एक जुट हुन आग्रह गरे । “अरुले एमाले बडार्ने धम्की दिन्छ्न, उनले भने, परिणाम आउने बेला कुचो एमालेको हातमा हुन्छ ।
उनले दोर्सो चरणको चुनाबमा पनि एमाले पहिलो पार्टी नै बन्ने भएकाले यो जनताको मायालाइ एमालेले सधै सम्मान गर्ने बताए । त्यस्तै हरेक गाउँ र बस्तिमा एमाले बिकास लिएर पसिरहेकाले सबैले स्वागत गरिरहेको उनले बताए ।
सबै जनताका घरमा काम गर्न पुग्ने एमाले नेताका काम एमालेले पूरा गर्ने वलिले बताए ।नेकपा एमाले रेसुङा नगर कमिटीको बिजय सभालाई सम्बोधन गर्न केपि ओलि सहित पार्टी सचीवहरु प्रदिप ज्ञवाली र गोकर्ण बिष्ट सहितका एक दर्जन केन्द्रीय नेता गुल्मी आएका छन ।
रेसुङा नगरपालिकामा एमालेका डिल्लीराज भुसाल मेयर र सीता भण्डारी उपमेयरमा बिजय भएका छन ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend