logo
  • शुक्रबार, असोज ९ २०८३

राष्ट्रिय जनमोर्चाको झण्डा फहरायो झिमरुक गाउँपालिकामा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौ,असार १७।
दोस्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा प्यूठानको झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले विजयको झण्डा फहराउन सफल भएको छ। राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिलक जीसी र पवित्रा जीसी क्रमशः अध्यक्ष र उपाध्यक्षमा विजयी भएका हुन् ।अध्यक्षका उम्मेदवार तिलक जीसीले ३७१३ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले २७८१ मत प्राप्त गरेका थिए । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवारले १७९५ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा पनि राष्ट्रिय जनमोर्चाकै पवित्रा जीसीले ३७९० मत प्राप्त गरी विजयी भएकी छन्। उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवारले २५२६ मत प्राप्त गरेकी थिइन् । त्यस्तै, कांग्रेसका उम्मेदवारले १७८३ मत प्राप्त गरेका थिए । झिमरुक गाउँपालिकाका अधिकांश वडाहरुमा पनि राष्ट्रिय जनमोर्चाकै उम्मेदवारहरु प्यानलसहित विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend