साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी असार १७।
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बिजय सभाहरुलाई संबोधन गर्न गुल्मी आउने भएका छन् ।
नेकपा एमालेले जिल्लाको एक नगरपालिका सहित दुई गाउँपालिकामा बिजय हासिल गरिसकेका छन् । जिल्लनको पहिलो नगरपालिका रेसुङ्गा नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुख सहित ६ वटा वडा जितेपछि ओली शनिवार दिउासो सदरमुकाम तम्घास आउन लागेको केन्द्रिय कमिटी सचिव प्रदिप ज्ञवालीले बताए ।
उनी सहित पार्टी सचिव ज्ञवाली र गोकर्ण बिष्ट पनि आउादैछन् । नेकपा एमाले रेसुङ्गा नगरकमिटीले आयोजना गरेको बिजयी सभालाई ओलीले हिउासो २ बजे संबोधन गर्ने कार्यक्रम रहेको छ । रेसुंगा नगरपालिकाको मेयरमा एमालेका डिल्लीराज भुसाल र उपमेयरमा सिता भण्डारी बिजयी बनेका छन् । दोस्रो चरणको निर्वाचनको यो पहिलो बिजयी सभा हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend