logo
  • शुक्रबार, असोज ९ २०८३

मत परिणाम सार्वजनिक संगै दुई पक्षिय झडपको सृजना


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्यूठान, असार १६ ।
रोल्पा नगरपालिका वडा नं १० धबाङको मत परिणाम सार्वजनिक पश्चात शुरु भएको विवादले उग्र रुप लिएपछि लिबाङ टुडिखेलमा दुईपक्षिय झडप भएको छ ।

महिला पुरुषहरु होमिएको उक्त झडपलाई साम्य पार्नका लागि म्यादी प्रहरी हरु र प्रहरीहरुलाई भ्याई नभ्याई भएको छ ।

लिबाङको सदरमुकाम बिचैमा ढुँगा प्रहार गर्दै नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रको बिचमा झडप भईरहेको छ ।

बेलुकी साढे ५ बजेबाट जारी विवादले झडपको रुप लिएपछि स्थिति तनाबग्रस्त भएको छ । आसपासका होटेलहरु समेत बन्द गरेका छन् ।

नेपाली काँग्रेसले नेकपा माओबादी केन्द्रलाई आतंकवादी भनेपछि उक्त झडपको स्थिति भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend