साझा नेटवर्क
प्रेम सुनार, गुल्मी असार १६ ।
नेकपा एमाले बृत्तमा दारीवाला कमरेडका रुपमा परिचीत कर्णध्वज जिसी २० वर्षपछि मुसिकोट नगरपालिका वडा नम्वर ३ मा चुनाव लडेर जम्मा दुई मतको अग्रताले विजयी हाँसिल गरेकाछन् ।
२०५४ सालका स्थानिय निर्वाचनमा हालको वडा नम्वर ३ र ४ को बडागाउँ गाविसमा गाविस उपाध्यक्ष जितेका जिसीले यसपाली कांग्रेसका उमेदवार झविन्द्र भण्डारीलाई ६१९ का विरुद्ध ६२१ मतले अग्रता लिई विजय हाँसिल गरेका हुन् ।
विजयी जुलुसमा हिडेका जिसीले छोटो प्रतिकृया दिदै भने २० वर्ष पछि पुनः यो रोचक चुनावी अनुभव संगाल्न पाएको छु र अत्यन्तै खुशी छु ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend