साझा नेटवर्क
प्रेम सुनार, गुल्मी असार १६ ।
गुल्मीको एक वडामा अध्यक्ष पदका दुवै प्रत्यासी उमेदवारहरुको दुई चोटी गन्दा समेत वरावरी मत आएपछि उनिहरु र उनको शुभेच्छुकहरु तनावग्रस्त भएका छन् ।
रेसुङ्गा नगरपालिका वडा नम्वर ४ मा कांग्रेस उमेदवार लिलाधर आचार्य र नेकपा एमालेका उमेदवार विजयी मरासेनी दुवैको वरावरी मत ५९३ आए पछि तनावमा परेका हुन् ।
अव के हुन्छ त ? भन्ने जिज्ञाषा मतगणना स्थल वाहिर गरिहेका छन् र सञ्चारकर्मीले पनि प्रमुख निर्वाचन अधिकृत संग जिज्ञाषा गरिरहेका छन् ।
तर प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासेनीले अहिले कुनै प्रतिकृया नदिने बताए । गोला प्रथा गर्न सकिने वारे दलहरुले बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend