साझा नेटवर्क
जाजरकोट, असार १५ ।
दलित एकता संजाल त्रिबेणी नलगाड नगरपालिका वडा नम्बर १, २ र ३ जाजरकोट्मा जातीय छुवाछूत अन्त्यका लागि ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
साबिकको डाडागाउ गा. बि. स.को आर्थिक सहयोगमा त्रिबेणी नलगाड नगरपालिकाको वडा न २ को छेप्कामा ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
प्रशिक्षण कार्यक्रमको प्रशिक्षक दलित एकता संजाल त्रिवेणी नलगाड न.पा १, २ र ३ का अध्यक्ष, पत्रकार, युवा समाजसेवी लक्ष्मण रसाइलीले गर्नुभएको थियो। उक्त प्रशिक्षण कार्यक्रममा झन्डै ६० जनाको उपस्तिथि रहेको थियो।
तालिम जातिय छुवाछूत अनत्य, दलितका हक अधिकार तथा अन्य थुप्रै विषयमा प्रशिक्षण दिइएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend