साझा नेटवर्क
काठमाडौँ, असार १५।
मिडियाको आखामा नपरेकी तर अहिलेकी चर्चित एवम लोक तथा दोहोरी गायिकाको सुचिमा पर्न सफल सुमन थापा मगरले सबैलाई नाचुँ नाचुँ बनाउने र अहिले सम्म कै एकदमै राम्रो नृत्य भएको तीजको गीत बजारमा ल्याएकी छिन ।
स्याङ्जा जिल्लाको सेखाममा सामान्य परिवारमा जन्मिएर हुर्किएकी सुमनले थुप्रै लोक तथा दोहोरी गीतहरुमा आफ्नो स्वर भरि सकेकी छिन । सुमनले यसपालीको तीजको कोशेलीको रुपमा “मादलु घनन…” भन्ने गीत बजारमा ल्याएकी छिन । चर्चित गीतकार शिव पौडेलको शब्द, चर्चित गायक ऋषि खड्काको सङ्गीत रहेको यस गीतमा सुमनलाई ऋषि खड्काले साथ् दिएका छन् ।
सुमनको यस गीतलाई मगर्स क्रियशन कम्पनीको फिल्म/म्युजिक प्रोडक्सन हाउसले उत्पादन गरि बजारमा ल्याएको हो । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा निर्मित यस गीतको म्युजिक भिडियोलाई करण चैसिरले छायांकन गर्नु भएको छ ।
बिष्णु शर्माले सम्पादन गर्नु भएको छ । यस गीतमा “लेट मि डान्स नेपाल २०७४” कि बिजेता बिष्णु मगर लगायत प्रकाश सपुत, दिपाशा बिसी र हेरुका लामाको राम्रो अभिनय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend