logo
  • शुक्रबार, असोज ९ २०८३

गायक तथा संगीतकार सन्जीव पुडासैनी “मायाको गाँउमा”


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं ।
लामो समय देखि सांगीतिक छेत्रमा आफ्नो भिन्दै पहिचान बनाउदै अघि बढिरहेका गायक तथा संगीतकार सन्जीब पुडासैनीले हालसालै मायाको गाँउमा बोलको गीत बजारमा लिएर आएका छन् ।
नबराज बस्नेतको शब्द सिलेंद्रबाबु प्रधानको संगीतमा आफ्नो भिन्दै गला र कला प्रस्तुत गरेका छन् । पछिल्लो समय निकै ब्यस्त निर्देशक बिवोर पोख्रेल भन्छन भिडियोमा हामीले धेरै मेहेनेत गरेका छौ । नेपाली संगीतिक बजारमा एउटा पृथक भिडियो तयार पारेका छौ ।

आशा छ दर्शक स्रोताहरुले मन पराई दिनु हुनेछ । देव र एलिशा राईको अभिनय रहेको म्युजिक भिडियोलाई रोशन श्रेष्ठले छायाकन गर्नु भएको छ भने शतिश श्रेष्ठले सम्पादन गर्नु भएको छ । उक्त म्युजिक भिडियोलाई एसियन म्युजिक कम्पनीले बजार ब्यबस्थापन गरेको छ ।

हेर्नुहोस् भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend