साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार १५ ।
गुल्मी जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा मतगणना शुरु भएको छ । बुधबार रातिबाट रुरु गाउँपालिका र छत्रकोट गाउँपालिका मतगणना शुरु भएको छ । धेरै गाउँपालिकामा मतगणना शुरु भएको छ ।
हिजो अवेरसम्म मतपेटिका मतगणना स्थलमा ल्याउने क्रम जारी रहेको थियो । बिहान सर्वदलिय बैठकहरु बसेर मतगणना धेरै स्थानमा शुरु भएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत दुर्गा बस्यालले बताए । रेसुंगा नगरपालिकाको मतगणना भर्खरै शुरु भएको छ । भने मुसिकोट नगरपालिकाको सर्वदलिय बैठक जारी छ ।
रुरु गाउँपालिका १ को पाँच सय ७१ मतगणना हुँदा एमालेका तर्फबाट गाउँपालिका प्रमुख निलकण्ठ गौतमले चार सय ३१ र उपप्रमुख लक्ष्मी पन्तले चार सय २६ मत प्राप्त गरेकी छन् । त्यस्तै वडा अध्यक्षका उमेद्वारले चार सय २२ मत प्राप्त गरेका छन् ।
कांग्रेस माओवादीको संयुक्त प्यानलका प्रमुख यदु ज्ञवालीले एक सय छ र कांग्रेसको तर्फबाट उपप्रमुख बनेकी सिता कुमारी श्रेष्टले एक सय ११ मत ल्याएकी छन् । त्यस्तै वडा अध्यक्षका उमेदवारले एक सय ४६ मत प्राप्त गरेको निर्वाचन अधिकृत कोशलराज शर्माले बताएका छन् । त्यस्तै छत्रकोट गाउँपालिकामा पनि मतगणना शुरु भएको छ ।
एमालेको तर्फबाट गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले दूई तीन सय ४५ र उपप्रमुख नर्मदा भण्डारीले तीन सय ३६ मत ल्याएकी छन् । माओवादी कांग्रेसका संयुक्त उमेदवार कांग्रेसका अन्नतराम पौडेलले दुई सय १५ र उपप्रमुख माओवादीका रामप्रसाद पाण्डेयले एक सय ६५ मत प्राप्त गरेका छन् ।
चन्द्रकोट गाउँपालिकामा पनि मत गणना शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिले सम्मको मतपरिणम अनुसार माओवादी केन्द्रको तर्फबाट गाउँपालिका प्रमुख युवराज केशीले छ सय ९१ र उपप्रमुख मिना बोहोराले पाँच सय ८७ मत प्राप्त गरेकी छन् ।
कांग्रेसको तर्फबाट द्रोर्ण खत्रीले तीन सय ७७ र उपप्रमुख भगवती अर्यालले तीन सय ८६ मत प्राप्त गरेकी छन् । भने एमालेका मिमलाल श्रेष्टले तीन सय ५३ र उपप्रमुख राधिका अर्यालले तीन सय ८६ मत प्राप्त गरेको एमाले नेता बिक्रम गुरुङले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend