साझा नेटवर्क
रोल्पा, असार १४।
रोल्पाको लुङग्री गाउँपालिकामा स्थानिय तहको निर्वाचनको तयारी भए लगतै दोश्रो चरणको निर्वाचन कार्यक्रम अनुसार आज असार १४ गते हुन लागेको स्थानिय निर्वाचनका लागि लुङग्री गाउपालिका वडा नम्बर ६ गुम्चाल वाडापालिकाको मतदान केन्द्र जन ज्योति माध्यमिक बिधालयमा भईरहेको छ ।
वाडापालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसबाट लोकेन्द्र बुढाथोकी, माओवादी केन्द्रबाट यमलाल बिष्ट, नेकपा ऐमालेबाट भबिन्द्र बुढाथोकी र राप्रपाबाट बेगम बहादुर बुढाथोकी अध्यक्ष पदको लागि चुनावी मैदानमा उत्रिएका छन।
मतदानको लागि मतदान गर्नेहरुको बाक्लो उपस्थित रहेको छ भने सान्तमय वातावरणमा मतदान भैरहेको मतदान केन्द्रबाट स्थानीयले बताएकाछन साथै त्यस वाडापालिकाबाट कसले जित्ला भन्ने कुरामा सबैको चासो बढेको छ।
जोकि सानो गाउँ या बस्तीबाट मुख्य चार दल पाटीका उमेदवार एक साथ जितको दाबेदार गर्दै अगाडि बढिरहनु भएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend