logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा उत्साहजनक रुपमा मतदान


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी असार १४।
गुल्मी जिल्लाका सवै मतदान केन्द्रहरुमा शान्निपुर्ण रुपमा मतदान शुरु भएको छ । जिल्लाका दुई नगर र १० गाउँपालिकाका दुई सय ४० मतदान केन्द्रमा बिहान सात बजेबाट नै मतदान शुरु भएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । इस्मा गाउँपालिकाको रामराज्य मतदान केन्द्रमा बिहान पहिलो पटक एक सय एक बर्षिय बृद्धा तुलसा देबि अर्यालले पहिलो मतदाताको रुपमा भोट हानेकी छन् ।
आकाशका बादल भएपनि आज कुनै पनि क्षेत्रमा पानी परेको छैन् । सुरक्षा अवस्था पनि व्यवस्थित रुपमा परिचालन भैरहेको प्रहरी प्रहरी प्रमुख भोला रावलले बताए । मंगलबार साँझ सम्म जिल्लाका सवै मतदान केन्द्रबाट ९० प्रतिशत मतदाताले परिचय पत्र बुझेका छन् । जिल्लामा एक लाख ८० हजार सात सय ७५ मतदाता रहेका छन् ।

सुरक्षाको कमी छैन : प्रजिअ

असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह चुनावको लागि गुल्मीमा झण्डै पाँच हजार कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् । दई हजार एक सय ४० कर्मचारी र दुई हजार पाँच सय ३३ सुरक्षाकर्मी खटिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा दई सय ४० मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा एक जनाका दरले मतदान अधिकृत, सहायक मतदान अधिकृत गरी एक हजार चार सय ३० जना कर्मचारी खटिएका छन् ।

खटिएका कर्मचारीहरुमा मोवाइल टोली लगायतका अन्य कर्मचारी गणना गरिएको छैन । प्रत्येक मतदान केन्द्रमा पाँच जनाका दरले मतदान अधिकृत र सहायक मतदान अधिकृत सहायक कर्मचारी खटिएका छन । त्यस्तै सात सय १० जना स्वयमसेवक समेत परिचालन भएको कार्यालयले जनाएको छ ।

त्यस्तै जिल्लाका सुरक्षाकर्मीहरु म्यादी प्रहरी सहित नेपाल प्रहरी एक हजार छ सय ६७, शसस्त्र प्रहरी चार सय ५५ र नेपाल आर्मि चार ११ जना परिचालन भएको सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले जनाकारी दिए । अहिले सम्म सवै स्थानमा मतदान भइरहेकाले ढुक्क संग मत हान्न सकिने अवस्था रहेको बताए ।

सवैभन्दा बढि उमेदवार रेसुङ्गा नगरपालिकामा

जिल्लाका दुई नगर र १० गाउँपालिका मध्ये सवैभन्दा बढि उमेदवार रेसुंगा नगरपालिकामा रहेका छन् । भने सवै भन्दा कम उमेद्वार रुरु गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सवै भन्दा बढि रेसुंगा नगरपालिकामा दुई सय चार र सवै भन्दा कम उमेदवार रुरु गाउँपालिकामा ७१ ज्ना रहेका छन् ।

त्यस्तै मुसिकोट नगरपालिकामा एक सय ४१, इस्मा गाउँपालिकामा ९७, कालिगण्डकी गाउँपालिकामा ८८, गुल्मी दरवार गाउँपालिकामा एक सय नौ, चन्द्रकोट गाउँपालिकामा एक सय चालिस, छत्रकोट गाउँपालिकामा ८०, धुर्कोट गाउँपालिकामा एक सय तीन, मदाने गाउँपालिकामा एक सय ३०, मालिका गाउँपालिकामा एक सय २५, र सत्यवति गाउँपालिकामा ९८ जना उमेद्वार रहेको मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासेनीले बताए ।

जिल्लामा सवैभन्दा बढि एमालेका उमेदवार

जिल्लामा सवै भन्दा बढि एमालेका उमेद्वार रहेका छन् । नेकपा एमालेका चार सय ८१ उमेदवार रहेका छन् । भने नेपाली कांग्रेसका चार सय ५७ जना उमेदवार रहेका छन् । त्यस्तै माओवादी केन्द्रका दुई सय ७० जना उमेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

राप्रपाका ५९, नयाँशक्तिका २६, नेकपा मालेका पाँच, जनमोर्चाका ५८, नेपाल परिवार दलका एक, अखण्ड नेपाल पार्टीका एक तथा स्वतन्त्र उमेदवार ६२ जना गरि निर्वाचित हुने चार सय ८९ को लागि एक हजार चार सय २० जनाको उमेदवारी परेको निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले बताए । जसमा दुई जनाको उमेदवारी रद्ध भएको छ । ३४ जनाले उमेदवारी फिर्ता लिएको कार्यालयले जनाएको छ ।

हेरौ चुनावी चहलपहल ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend