logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीका केन्द्रिय नेता कसले कहाँबाट भोट हाले


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी असार १४।
स्थानीय तहको चुनावमा गुल्मीका चारजना केन्द्रिय नेता मतदान प्रक्रियामा सहभागी भएका छन् । केन्द्रीय नेताहरु प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, चन्द्र भण्डारी र शुवर्ण ज्वारचन अलग अलग गाउँपालिकाबाट मत दिएका छन् ।
एमालेको तर्फबाट पार्टी दुई पार्टी सचिव प्रदिप ज्ञवाली र गोकर्ण विष्ट एउटै जिल्लाका हुन । भने नेपाली काँग्रेसको तर्फबाट केन्द्रीय सदस्य चन्द्र भण्डारी र पूर्व बाणिज्य राज्य मन्त्री शुवर्ण ज्वारचनले बेग्लाबेग्लै स्थानबाट मतदान गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेशबहादुर खत्रीका अनुसार ज्ञवालीले रुरु गाउँपालिका अन्तर्गत ज्ञवाली बलेटक्सार मावि केन्द्रमा एमाले सचिव प्रदिप ज्ञवालीले मतदान गरेका छन् । त्यस्तै अर्का सचिव गोकर्ण विष्टले ईस्मा गाउँपालिका अन्तर्गत दोहोलीको रामराज्य मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

त्यसैगरी अर्का कांग्रेसका केन्द्रीय नेता चन्द्र भण्डारीले छत्रकोट गाउँपालिका अन्तर्गत जनजागृति मावि हुँगामा मतदान गरे । भने पूर्व राज्यमन्त्री ज्वारचनले सत्यवती गाउँपालिका अन्तर्गत ज्ञानोदय प्रावि चेँगावाट मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत लक्ष्मण पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend