साझा नेटवर्क
कमल पौडेल, गुल्मी असार १३ ।
कृषि तथा पशु विकास समिति गल्कोट नगरपालिका वडा नं. ११ रिघाको विशेष वैठक रिघामा सम्पन्न भएको छ। सो वैठकमा समितीका पूर्व अध्यक्ष समेत रहेका वडा अध्यक्ष डम्वर श्रीसले कृषिको विकास विना सम्वृद्धि सम्भव नभएको वताउनु भएको छ।
वैठकमा पूर्व अध्यक्ष डम्वर श्रीसलाई वडा अध्यक्षमा निर्वाचीत भएकोमा सम्मान समेत गरिएको थियो। वैठकले आर्थिक वर्ष २०७३÷७४ मा योजना अनुरुप कार्यक्रम सम्पन्न भएको निष्कर्ष निकालेको छ।
त्यस्तै वैठकले चालु आर्थिक वर्षको अन्तिम किस्ता निकासाको लागि अनुरोध गर्ने निर्णय गरेको छ। त्यस्तै वैठकमा कोषाध्यक्ष कमला दर्जिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
वैठक कार्यवाहक अध्यक्ष झम वहादुर काउचाको अध्यक्षता, सदस्य मिना नेपालीको स्वागत मन्तव्य तथा सचिव भक्त वहादुर श्रीस सुवासको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend