साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार १२ ।
निर्वाचन बिरोधी गतिविधीमा सक्रिय रहेको बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्लाका दुई स्थानमा बम बिस्फोट गराएको छ । मदाने गाउँपालिका ७ को दिपक माविको बुथ नजिक र वडा नं ६ को बुथ नजिकै आइतबार राति बम बिस्फोट बम बिस्फोट भएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।
दिपक माविको बुथ नजिकै चार राउन्ड फायर समेत भएको पार्टीका एक नेताले बताए । आइतबार राति जनतालाई आतंकित पार्न गाउँनै थर्किने गरि कुनै चिज फड्किएको मतदान अधिकृत तारा बहादुर राउतले बताए । ‘राति गाउँ नै थर्किएको थियो, के पडकाए हेर्न जाँदैछौ उनले भने, बम नै हो वा अन्य बिस्पोटक पदार्थ थाहा भएन ।
त्यस्तै त्यो समुहले सोहि गाउँपालिकाको टिम्मुरखर्क मतदान केन्द्र नजिकै पनि बिस्फोट पदार्थ बिस्फोट गराएको बताएको छ । उनीहरुले राति केहि न केहि बिस्फोटक पदार्थ पडकाएको तर बम वा अरु भन्ने अनुसन्धान भैरहेको शसस्त्र प्रहरी प्रमुख दिगबिजय सुवेदीले बताए ।
उनीहरुलाई तत्काल खोजी गरेर पक्राउ गर्न सवै मातहतलाई निर्देशन गइसकेको जिल्ला प्रहरी प्रमुख भोला रावलले बताए । सोहि समुहले यस अघि पनि जिल्लाका विभिन्न गाउँपालिकाहरुमा साइनबोर्ड फाल्ने फाल्ने र आफ्नो झण्डा राख्ने गतिविधीमा सक्रिय रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend