साझा नेटवर्क
कमल पौडेल बागलुङ असार ११।
खर्वाङ बजार व्यावस्थापन समितिको आह्वानमा खर्वाङका स्थानियहरुको भेला जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको छ।
भेलाले खर्वाङ तल्लो वजारको ढलपानी व्यावस्थापनको लागी तत्कालको लागी अस्थायी व्यावस्थापन गर्ने तथा मंसिरमा पूर्ण रुपमा नालीको व्यावस्था गर्ने, मध्येपहाडि लोकमार्गलाई तल्लो वजार जाने चोक व्यावस्थापन गर्न आग्रह गर्ने, मोटरवाटोमा छतवाट खस्ने पानीलाई व्यावस्थापन गर्ने, लगाएतका निर्णय गरेको छ।
बडिगाड गाउँपालिकाका वडा नं. २ का वडा अध्यक्ष विष्णु प्रसाद भुसाल, वडा सदस्य हिमा खरेल लगाएतको सहभागिता रहेको भेला बजार व्यावस्थापन समितिका अध्यक्ष टंक भुजेलको अध्यक्षता तथा सचिव महलाल पौडेलको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend