साझा नेटवर्क
प्रेम सुनार, गुल्मी असार ११ ।
गुल्मी जिल्लाका दर्जनौं क्रियाशिल पत्रकारहरु मध्ये जम्मा दुई जना पत्रकारहरु मात्रै स्थानिय तहको निर्वाचनमा जनप्रनिधीका लागि चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
जिल्लाको चन्द्रकोट गाउँपािलका वडा नम्वर–१ , साविकको दिव्रुङ्ग गाविसमा वडा अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट पत्रकार घनाश्याम खरेल र रेसुङ्गा नगरपालिका वडा नम्वर– ६ साविकको अर्खलेमा वडाध्यक्षमा गोपाल मरासिनी प्रतिष्पर्धामा उत्रिएका हुन् ।
खरेल नेपाल पत्रकार महासंघ गुल्मीको सह–सचिव र विभिन्न सञ्चार माध्यमा अवद्ध छन भने मरासिनी सुराक पत्र साप्ताहिकका सम्पादक हुन् । दुवै पत्रकार विसावाईसे उमेरका युवाहरु हुन् । दुवै जनाले जित्ने दावि गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend