साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, दोहा।
प्रवासी नेपाली मंच कतारले ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा बृहत इफ्तार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शुभकामना अदानप्रदान समेत गरिएको थियो ।
कतारमा नेपाली समाजहरुको स्थापना भएसंगै इफ्तार कार्यक्रमको सुरुवात प्रवासी नेपाली मन्च कतारले गरेको थियो । यसै क्रमलाई निरन्तरता दिदै मंचले यस बर्ष पनि इफ्तार कार्यक्रम गरेको छ ।
विधिवत रूपमा मौलाना गुरुबाट सुरुवात गरिएको कार्यक्रममा मंचका केन्दि्य सदस्य जियाबाबु खानले स्वागत मन्तव्य दिएका थिए । सो अवसरमा रमजान बारे जानकारी मुक्ती नवि बक्स मिया दिएका थिए ।
कार्यक्रममा नेपाली समाजका समाजसेवि प्रतिनिधीहरु अजिज अलि, टिवि कार्की, साकिर अलि, दिल किरणखुजुम, अब्दुल हफिज महिला प्रतिनिधि अमीना खानले शुभकामना मन्तव्य राखेका थिए ।
इस्लाम धर्मको पबित्र पर्व रमजानमा महिना दिन सम्म व्रत बस्दा मनमा खुशी र आनन्द मिल्छ । यस पर्व मनाउने क्रमसंगै यस्ता कार्यक्रमले भाईचाराको सम्बन्ध बिस्तार र हाम्रा धर्म, सस्कृती र परम्परा बारे जान्ने मौका पाउनए गर्दछ । साथै यस कार्यक्रमले नेपाली समाज कतारमा समाजिक राम्रो सुरुवात भएको वक्ताहरुले धारण राखेका थिए ।
आज प्रवासी नेपाली मन्च कतार गरेको कार्यक्रममा मन्चका अध्यक्ष राम हरि गैरेले गरेका थिए । सचिव मुनाफ मियाको संचालन रहेको कार्यक्रममा नेपाली समाजका समाजसेवि प्रतिनिधीहरु पत्रकार लगाएत इस्लाम तथा गैर ईस्लाम धर्मावलम्बीहरुको बृहत उपस्तिथि रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend