logo
  • शनिबार, असोज १० २०८३

बागलुङको गल्कोट ११ मा सामाजिक सुरक्षा भत्ता वितरण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ असार १०।
गल्कोट नगरपालिका वडा नं. ११ रिघा को वडा कार्यालयको आयोजनामा रिघाकै सानो रिघामा आर्थिक वर्ष ०७३/७४ को सामाजिक सुरक्षा, पोषण तथा अपांगता भत्ता वितरण गरिएको छ।

कार्यक्रममा वडा सचिव कर्म प्रसाद गौतम सहित, वडा अध्यक्ष डम्वर वहादुर श्रीस, सदस्यहरु श्याम श्रीस, माया सिंजाली, लगाएतको सहभागिता रहेको थियो। सो अवसरमा स्थानिय पञ्जिकरणको काम तथा योजना संकलन पनि गरिएको थियो।

यस्तै भोली आइतवार ठूलो रिघाको वडा कार्यालयवाट सोहि सेवा उपलब्ध गराउने वडा अध्यक्ष डम्वर श्रीसले जानकारी दिनुभएको छ। श्रीसले वडा अध्यक्षमा निर्वाचित भए लगत्तै टोलटोलमा पुगेर सेवा दिन सुरु गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend