साझा नेटवर्क
कमल पौडेल, बागलुङ असार १०।
आमा मिलन केन्द्र, महिला मानव अधिकार रक्षक संजाल, र सत्कर्म नेपालको संयुक्त आयोजनामा महिलाहरुको आयआर्जनको लागी कुखुराको चल्ला वितरण कार्यक्रम खर्वाङमा सम्पन्न भएको छ।
संसद विकास कोषको आर्थिक सहयोगमा भएको कार्यक्रममा वडिगाड गाउँपालिका वडा नं. २ का कुमाल समुदायका ३५ जना महिलाहरुलाई ८ गोटाको दरले ३ सय चल्ला वितरण गरिएको हो।
सो कार्यक्रममा बागलुङ क्षेत्र नं. ३ का सांसद ज्ञान कुमारी छन्त्याल, बडिगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष विष्णु भुसाल, नेपाली काग्रेस जिल्ला सदस्य तथा महिला संघका केन्द्रिय सदस्य गण्डकि थापा अधिकारी लगाएत आधा दर्जन वढिले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम आमा मिलन केन्द्रका अध्यक्ष ज्ञान थापाको अध्यक्षता सत्कर्म नेपालका अध्यक्ष सिताराम थापाको स्वागत मन्तव्य तथा महिला मानव अधिकार रक्षक संजालका सहसचिव दिलमाया पौवीको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend