logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपा एमाले बागलुङको वैठक खर्वाङमा चल्दै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ असार १० ।
नेकपा एमाले जिल्ला कमिटि बागलुङको दोश्रो पूर्ण बैठक खर्वाङमा सम्पन्न भएको छ। स्थानिय तहको निर्वाचन पश्चात पहिलो पटक बसेको वैठकमा चुनावको समिक्षा तथा भावि रणनितिको विषयमा छलफल भएको छ।वैठकले स्थानिय तहको निर्वाचनमा वाम तालमेलको कारण उपलब्धि भएको र आगामी निर्वाचनमा पनि तालमेललाई कायमै राख्नु पर्ने निष्कर्ष निकालेको छ। वैठकले ४ स्थानिय तहमा विजयी हासिल गर्नु सकारात्मक भएको र जिल्लामै जनसंख्याको हिसावले ५०.८१ प्रतिशत नेतृत्व एमालेले गरेको निष्कर्ष निकालेको छ।

वैठकमा नेकपा एमाले स्थायी कमिटि सदस्य तथा प्रदेश संगठन कमिटि प्रदेश नं. ४ का संयोजक किरण गुरुङले स्थानिय तहको संचालन र जन प्रतिनिधिको भूमिका विषयमा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो।

वैठकले असार साउन र भदौमा ३ महिने आर्थिक सुदृढिकरण अभियान संचालन गर्ने, प्रत्येक गाउँ तथा नगर वैठक तत्काल संचालन गर्ने, आर्थिक काम पारदर्शिता कायम गर्न दोहोरो लेखा प्रणाली र वैंकिङ प्रणाली सुरु गर्ने, यहि असार १७ गते वुर्तिवाङमा र २१ गते बागलुङमा जनप्रतिनिधीहरुको लागी एक दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने, पुस्पलाल तथा मदन जयन्ति भब्यताका साथ मनाउने, लगाएतका निर्णय गरेको छ।

बैठकले जिल्ला समन्वय समितिको निर्वाचनमा वाम तालमेल गर्ने, विज्ञहरुको समुह निर्माण गरि स्थानिय सरकारको संरचना निर्माण, कानुन निर्माण तथा वजेट विनियोजनमा जनप्रतिनिधिलाई सहयोग गर्ने, निर्णय गरेको छ।

वैठकले ३२ सदस्यिय सल्लाहकार परिषद्को पनि गठन गरेको छ। त्यस्तै आर्थिक विभाग प्रमुख भुपाल चालिसेको संयोजकत्वमा ५ सदस्यिय आर्थिक कार्यदल निर्माण गरेको छ। जसको सदस्यहरुमा गणेश थापा, वावुराज कार्कि, पुनम शर्मा र दिपक गौतम रहनुभएको छ।

वैठकले पार्टिको आधिकारीक वेव साइट संचालन गर्न तथा पार्टिको मुखपत्र आह्वानलाई नियमीत प्रकाशन गर्न सचिव लाल थापा को संयोजकत्वमा समिति निर्माण गरेको छ। वैठक जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता तथा सचिव लाल वहादुर थापाको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend