logo
  • शनिबार, साउन ३० २०८३

नायक बिनोद श्रेष्ठ किन एकाएक श्रीमतीलाई छाडेर गए


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं ।
गायक हिमाल श्रेष्ठको ‘सानीले’ बोलको गीत सार्वजनिक भए लगत्तै राम्रो चर्चा बटुलिरहेको छ । प्रेम र बिछोडको विषयबस्तुलाई मुख्य रुपमा उठाइएको सानी बोलको गीत गायक श्रेष्ठको एल्बम ‘समर्पित’ भित्र समेटीएको छ ।
भिडियोमा अभिनेता समेत रहेका मोडल बिनोद श्रेष्ठ र ऋचाले अभिनय गरेका छन् । मायालुबाट टाढिनु पर्दाका क्षणहरु भिडियोमा देखाउने कोसिस गरिएको छ ।

भिडियो कुमार केसीले निर्देशन गरेका हुन् । गीतमा स्वर तथा शब्द गायक श्रेष्ठकै रहेको छ भने बुद्ध स्यांबाले संगीत भरेका छन् । अजय रेग्मीको छायांकन रहेको भिडियो अनुप शिवाकोटीको सम्पादन गरेका छन् ।

गायक श्रेष्ठको एल्बम सर्मपितमा समावेश ५ गीतमध्ये तिमी मेरो म तिम्रो, पिरको शिर बोलको दुई गीतले पनि राम्रो चर्चा पाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend