logo
  • शनिबार, असोज १० २०८३

आचार संहिता उल्लंघन गर्नेलाई च्याप समात्नुस : आयोग


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल,  गुल्मी असार १०।
निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले आफैले बनाएको आचारसंहिता उल्लङ्गघन गर्ने राजनैतिक दल र कार्यकर्तालाई च्याप समातेर कारबाहि गर्न आग्रह गरेका छन् । निर्वाचन अनुगमनका क्रममा गुल्मी आएका पौडेलले राजनैतिक दल आफैले बनाएको आचारसंहिता आफैले उल्ङ्गघन गर्नु लजास्पद भएको बताए ।
आचार संहिता उल्ङ्गघन भएको भए हेरेर नबस्नु, उनले भने, कसैको दवावबाट प्रभावित नहुनुहोेस ।’ अरु बेला आचारसंहिताको सहि पालनना नभएपनि मौन अवधिमा हुन सक्ने आचारसंहिता उल्लघंनका लागि संवेदनशिल सवै संयन्त्रलाई निर्देशन दिए । हेलिकप्टर मार्पmत आचार संहिता अनुगमन गर्न जिल्ला दौडाहामा निस्केका पौडेलले शनिबार तम्घासमा झण्डै डेढ घण्टा छलफल गरेका थिए ।
मतदान अघिको ४८ घण्टामा उम्मेदवारहरु मतदाता प्रभावित गर्न पैसा बोकेर हिंड्ने र भोज खुवाउन सक्रिए हुने भएकाले चनाखो बन्न सुरक्षा निकायलाई आग्रह गरे । त्यो प्रवृतिले उमेद्वारको हारजितको टुंगो हुने भएकाले त्यस्तालाई अनुगमन गरेर तत्काल कारवाही गर्न उनले निर्देशन समेत दिए । टिसर्ट टोपी प्रयोग भएको प्रति जिल्लाका पत्रकार तथा मानव अधिकारकर्मीहरुले आयोगको ध्यानाकर्षण गराएका थिए ।

उनले निर्वाचन आयोगले त्यस्तो प्रवृति रोक्न आग्रह गरेपनि दलहरुले पहिला छापिसकेको र बनाईहाल्यौं भन्ने जवाफ दिने गरेको पौडेलको तर्क थियो । छापे पनि लगाएर हिंड्न नदिनु भन्दै फेला परे तत्काल कारवाही गर्न मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई उनले निर्देशन दिएका छन ।

गुल्मी जिल्लामा चुनाव चिन्ह अंकित टिसर्ट, टोपी, झण्डा, प्रयोग भने तिब्र रहेको छ । सबै दलहरुको सामान्य हिसाव गर्दा पनि जिल्लाभर ४ करोड बढीका टिसर्ट, झण्डा, स्टिकर, टोली, ज्याकेट भित्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend