साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार १० ।
नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले घरको धुरीमा बिपक्ष पार्टीका भण्डा राखेपनि जनताको मनमनमा सुर्य भएको बताएका छन् । प्रत्येक नेपालीको मनमा सुर्यको छाप गडिलो भएर बसेकाले धुरीको झण्डाले फरक नपर्ने बताए छन् । ‘घरको धुरीमा रुख र हसिँया हथौडा फहराएर फरक पर्दैन,’बिष्टले भने,‘राष्ट्रियताको पक्षमा सुर्य हरेकको मन र मस्तिष्कमा छ ।
उनले अहिले जसको घरमा जुन झण्डा फहराए पनि असार १४ पछि एमालेको लाल सुर्य नेपालभर फहराउने बताए । नेकपा एमालेले जनता र राष्ट्रियता लागि सरकार भन्दा प्रतिपक्षमा बसेर चुनाव लड्न चाहेको उनले बताए । पहिलो चरणको चुनावमा एमालेलाई जनताले पहिलो पार्टी बनाएकाले भन्दै उनले अव हुने चुनावमा पनि एमालेलाई अत्यधिक मतका साथ बिजयी बनाउन आग्रह गरे ।
यो देशमा कांग्रेस र माओवादीले थुप्रै पटक सरकार चलाएपनि जनमुखि कार्यक्रम ल्याउन नसकेको आरोप लगाए । ‘पटक पटक कांग्रेस र माओवादी सरकारमा गए, तर केहि गर्न सकेनन,’ बिष्टले भने, कर्मचारीको तलव बढाउन र बृद्धाभत्ता वढाउन एमाले नै चाहियो । उनले यसअघि धेरै ठाउँमा सत्तापक्षले पराजय बेहोरेका कारण चुनाव पछि धकेल्दै मध्ये असारमा पुराएको बताए ।
सरकारले गरेर खाने कृषकको लागि चुनाव सारेर गल्ती गरेको पुर्व मन्त्री समेत रहेका बिष्टले बताए । उनले १४ असार कृषक चुनावमा भन्दा कृषीमा व्यस्त हुने समय भएकाले कृषकलाई झुक्याएर सरकारले अन्याय गरेको बताए । तर मुलधारे पानी र असिना पानी परेपनि छाता र घुम ओढेर मतदान गर्न सवै कार्यक्रताहरुलाई आग्रह गरेका छन् ।
‘धेरै किसान मतदानमा सहभागी नगराउने सरकारको दाउ हो,’ उनले भने,‘ कृषकले असार १४ गते कांग्रेस र माओवादीलाई हिलोमा पर्छार्ने छन् ।’ खाद्यन्य संकट भन्दा राजनैति संकट खतरनाक हुने भएकाले राष्ट्रियता र स्वाधिनताका पक्षमा मतदान गर्न सवैलाई आग्रह गरे । ‘किसानले अहिले धान रोप्न नपाए एक बर्ष अनिकाल पर्ला,‘ बिष्टले भने,‘तर राजनितीमा खडेरी परे देश नै सकिन्छ ।’
अझै पनि बहुमत पुगे तराई पहाड अलग गराउने पक्षमा सरकारबादी दलहरु रहेकाले राष्ट्रियता र देश निर्माणको पक्षमा एमालेलाई जिताउन उनले कार्यकर्ताहरुलाई आग्रह गरे । चुनावी अभियानका लागि जिल्ला आएका उनले जिल्लाको रेसुंगा नगरपालिकाका विभिन्न स्थानमा संबोधन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend