साझा नेटवर्क
सुवास वि सी, पाल्पा असार ९ ।
जनता नमुना माध्यमिक विद्यालयले २०७३ सालको एस्.ई.ई परिक्षा नेपाल प्रथम र जिल्ला प्रथम भएका विद्यार्थीहरुलाई सम्मान तथा शुभकामना दिएको छ ।
विद्यालयमाको सभा हलमा भएको कार्यक्रममा ३.९५ जीपीए लिएर छात्रा तर्फाबाट नेपाल प्रथम हुन सफल सञ्जु रायमाझि र ३.९५ जीपीए लिएर पाल्पा जिल्ला प्रथम कसम पोख्रेललाई विद्यालयले सम्मान गरेको हो । सम्मान कार्यक्रमका प्रमुख अथिति तथा संस्थापक शिक्षक चिनीयालाल बज्राचार्यले सम्मानले उत्प्रेरणा मात्र होईन जिम्मेवारी समेत थपेको बताउनु भयो ।
उहाँले भन्नुभयो शिक्षा भनेको ज्ञान हो यसलाई व्यवहारमा समेत उतार्नु सवै विद्यार्थीको कर्तव्य हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बज्राचार्यले नेपाल भिरी ३०० विद्यार्थी हुदाँ पनि यस विद्यालयले नेपालमा प्रथम भएको र लाखौ विद्यार्थी हुदाँ पनि प्रथम भएको हुदाँ आउने दिनमा पनि यस्तै नतिजा कायम होस भनि शुभकाना दिनु भएको थियो ।
त्यसैगरि विद्यालयका पुर्व प्रध्यानध्यापक बुद्धि प्रसाद शर्माले यस्तो नतिजाले सामुदायीक विद्यालयमा पनि राम्रो पढ्नपाठन हुदो रहेछ भन्ने प्रमाणि भएको बताउनु भयो । सम्मान कार्यक्रममा प्रचार्य मेघराज पौडेल,अभिभावक कमल बहादुर रायमाझि,पुर्व विद्याथी गोविन्द भट्राईले सफलताको शुभकामना दिनु भएको थियो । सम्मान कार्यक्रममा नेपाल प्रथम हुन सफल सञ्जु रायमाझिले प्रथम हुनुमा आफु भन्दा आमा बुबाको सफल भएकोे बताई ।
त्यस्तै जिल्ला प्रथम कसम पोख्रेलले हामीले ल्याउन नसकेको ०.२५ जी.पी.ए अवका विद्याथीले ल्याई नेपाल प्रथम विद्यालय बनाउन अनुरोध गरेका छन् । विद्यालय व्यवस्थापन समितिकी सदस्य शान्ता बोहोराको अध्यक्षता,शिक्षक हरि प्रसाल घिमिरेको स्वागत र शिक्षक गणेश ज्ञवालीको साचालनमा कार्यक्रम सम्पन भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend