साझा नेटवर्क
अनिल खत्री, गुल्मी असार ९ ।
दोस्रो चरणमा असार १४ गते हुँने स्थानिय निर्वाचनको लागी प्रमुख तिन दलका प्रभावशाली नेता जिल्लामा भोट माग्न ब्यस्त देखिएका छन् । दुई नगर र १० गाउँपालिका रहेको गुल्मीमा प्रमुख दल मध्येको नेकपा एमालेका दुई केन्द्रिय सचिव झण्डै २ साता देखी गुल्मीमा एमालेको पक्षमा मत माग्दै हिडेका छन् । एमाले सचिव प्रदिप ज्ञवाली र गोकर्ण बिष्ट जिल्लाका तिनवटै निर्वाचन क्षेत्रका गाउँपालिकाहरुमा पुगेर मत माग्न ब्यस्त बनेका छन् ।
एमाले नेता प्रदिप ज्ञवाली बिशेष गरि २ नम्बर क्षेत्र र १ नम्बर क्षेत्रमा केन्द्रित छन् भने नेता गोकर्ण बिष्ट क्षेत्र नम्बर ३ र १ , २ का धेरै गाउँपालिकाहरुमा पुगेर मत माग्ने गरेका छन् । दुबै केन्द्रिय नेताको गृह जिल्लामा उनिहरु आफ्नो प्रभाव भएका ठाउँमा एक अर्को क्षेत्रमा आयोजित सभामा पुग्ने गरेका छन् । बिष्ट क्षेत्र नम्बर ३ बाट निर्वाति सांसद हुन् ।
ज्ञवाली र बिष्ट सगै गुल्मीमा केहि दिन केन्द्रिय सदस्य ठाकुर गैरे समेत जिल्लामा आयोजित कार्यक्रममा ब्यास्त थिए । एमालेकै केन्द्रिय नेता मध्ये प्रेस चौतारी नेपालका निर्वतनमान अध्यक्ष राजेन्द्र अर्याल पनि झण्डै २ साता भन्दा वढी गुल्मीमा छन् । उनि पनि उम्मेदवार र एमालेको पक्षमा मत माग्न ब्यस्त छन् ।
प्रमुख दल मध्येकै माओवादी केन्द्रले पनि केन्द्रिमा प्रभाव र जिल्लामा उनिकै माग भए अनुसारका नेताहरु जिल्लामा आउने गरेका छन् । नेपाली कांग्रेसबाट जिल्लामा प्रभाव राख्ने तथा जिल्लाबाटै निर्वाचित केन्द्रिय सदस्य एबं सांसद चन्द्र भण्डारी जिल्लाका बिभिन्न स्थानिय तहका उम्मेदवारहरुलाई मत माग्न गृह जिल्लामा छन् । उनि खासगरि जिल्लाका क्षेत्र नं २ मा पर्ने गाउँपालिकाहरुमा मत माग्न ब्यस्त छन् ।
भण्डारी निर्वाचनको मिति नजिकिए सगै झण्डै एक हप्ताको लागी जिल्लामा रहने छन् । जिल्लामा रहुन्जेल उनले नेपाली कांग्रेस र स्थानिय तहका उम्मेदवारहरुलाई मत माग्न ब्यस्त हुने छन् । उनि शुक्रवार मात्रै रुरु गाउँपालिका र छत्रकोट गाउँपालिकामा हुने कार्यक्रममा ब्यस्त छन् । दुई गाउँपालिकामा कांगे्रस माओवादीको चुनावी तालमेल भएको छ ।
तालमेल भएका गाउँपालिकाहरुमा कांग्रेस माओवादीको संयुक्त कार्यक्रम आयोजना गरेका छन् । माओवादी केन्द्रले पनि अर्घाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर रायमाझीलाई जिल्लामा हुने कार्यक्रममा ल्याएको छ । रायमाझी शुक्रवार मात्रै छत्रकोट गाउँपालिकाको खज्याङ्ग, दिगाम, रुरु गाउँपालिकाको रिडीमा आयोजित कार्यक्रममा सहभागि गराउने भएको छ ।
रिडी र छत्रकोटमा कांग्रस नेता भण्डारी र माओवादी नेता रायमाझीले संयुक्त रुपमा सम्बोधन गर्ने छन् । रायमाझीले आफनो गृह जिल्लामा मत माग्ने सगै छिमेकी जिल्लाका पनि कार्यक्रममा ब्यस्त रहने छन् । उनि गुल्मीको धुर्कोट गाउँपालिकामा आयोजित कार्यक्रमहरु पनि ब्यास्त रहने पार्टीले जनाएको छ ।
केन्द्रले थप केन्द्रिय सदस्य सुर्दशन बराल, दिनेस पन्थी, बुद्धि जिसी, अशोक थापा लगायतका केन्द्रिय सदस्यहरु पनि जिल्ला बिभिन्न स्थानमा मत माग्न ब्यस्त छन् । जिल्ला स्तरमा रहेका केहि नेताहरु उम्मेदवार बनेका छन् भने केहि प्रचारमा रहे पनि केन्द्रिय नेताले प्रभाव पर्ने हुँदा समेत उनिहरु जिल्लामा ल्याउने प्रचलन छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend