logo
  • शुक्रबार, असोज ९ २०८३

रेसुङ्गा २०५४ को होईन २०७४ को हो : एमाले


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

मनोज कार्की, गुल्मी असार ९ ।
स्थानीय तह निर्वाचाका लागि गुल्मी जिल्लामा कांग्रेस र एमाले बिच मुख्य प्रतिस्पर्धा हुदैछ । २ नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा २ गाउँपालिकामा माओवादी पनि प्रतिस्पर्धामा देखिन्छ । अहिलेसम्म कांग्रेस र माओवादीले ४ गाउँपालिकामा तालमेल गरेर चुनाव लड्ने सहमति गरेका छन् ।

२ नगरपालिका र चन्द्रकोट गाउँपालिकामा बाहेक अन्य गाउँपालिकामा पनि तालमेलका लागि कांग्रेस माओवादी बिचको छलफल र बार्ता जारी छ । गुल्मीका सबै स्थानीय तहमा चुनावी रौंनक बढ्दै गएपनि सदरमुकाम समेत रहेको र जिल्लाभरीकै राजनीतिलाई तरङ्गित गराउने रेसुंगा नगरपालिकामा भने बल्ल चुनावी रौंनक शुरु हुँदैछ ।

रेसुंगा नगरपालिकाको ठुलो दल मानिएको कांग्रेसले प्रमुख पदमा उम्मेदवारको निर्णय गर्न ढिला गर्यो । कांग्रेस भित्रको तिब्र विवाद र उम्मेदवारी घोषणामा ढिलाईको फाईदा उठाउँदै एमालेका नगरप्रमुखका उम्मेदवार डिल्लीराज भुसाल चुनावी प्रतिस्पर्धा र प्रचारप्रसारमा अगाडी देखिएका छन् ।

अहिलेको रेसुंगा नगरपालिका २०५४ सालको नगरपालिका नहरेको भन्दै २०७४ सालको नगरपालिकामा एमाले सहजै जित्नका लागि अघि बढिसकेको एमालेको दावी छ । नगरपालिकाका १४ वटै वार्डमा आक्रामक प्रचारप्रसारमा लागेका भुसालको नगरको विकास र सुधारका लागि चुनावी प्रतिबद्धता भने यस्ता छन् ।

रेसुंगा नगरपालिका पर्यटकीय हब बन्न सक्ने जिल्लाकै सम्भावना युक्त बजार हो । सदरमुकाम समेत रहेको भएपनि तम्घासमा आउने बिदेशी पर्यटकको संख्या निकै न्यून छ । सरकारका प्रशासनिक संरचना विकेन्द्रित हुँदै गएको अबस्थामा अब रेसुंगा नगरपालिका र तम्घासलाई फरक र नमुना शहरको रुपमा विकास गर्न नसके यहाँको जनघनत्व घट्दै जाने र व्यापार व्यवसाय देखि तम्घास र धार्मिक र पर्यटकी क्षेत्र रेसुंगाको महत्व समेत कम हुँदै छ ।

निर्माणाधिन रेसुंगा विमानस्थल तत्काल सम्पन्न गर्ने, नगरपालिका भित्रका सबै कच्ची सडक कालोपत्रे गर्ने, नीजि क्षेत्रको साझेदारीतामा सुविधासम्पन्न होटल संचालन गर्ने, नीजि क्षेत्रकै साझेदारीमा केबुलकार संचालनका लागि सम्भाब्यता अध्ययन गर्दै धार्मिक एवं जैविक विविधतापूर्ण रेसुंगा क्षेत्रको पर्यटकी विकास गर्दै त्यसलाई लुम्बिनी र पोखरासंग जोडेर विदेशी पर्यटक भित्र्याउँदै तम्घास बजारलाई पर्यटकीय हब बनाउने ।

नगरको आर्थिक सम्बृद्धि बिना कुनै क्षेत्रको विकास नहुने भएकाले कृषिलाई आधुनिकीकरण गर्दै कृषि पर्यटनलाई समेत प्राथमिकतामा राखेर नगरका सबै वडामा आत्मनिर्भरमुखी आधुनिक कृषि उत्पादनको व्यवसायीकीकरण गर्ने । अहिलेपनि रेसुंगा नगरपालिका र तम्घास बजारमै खानेपानीको चरम अभाव छ । भएको खानेपानी पनि निकै महंगा, धारा जडान प्रकृया जटिल र शुद्धताका हिसाबले समेत जोखिमयुक्त छ ।

त्यसलाई न्यूनीकरण गर्दै हरेक मानिसलाई दैनिक आवश्यक पर्ने खानेपानी प्रयाप्त वितरण गर्ने गरी सर्वशुलभ गराउने, जडान सजिलो र माग गरेकै बखत उपलब्ध हुने गरी एक घर एक धाराको व्यवस्थापन गर्ने र शुद्ध पिउने पानीको व्यवस्थापन गर्ने ।

अहिले नगरमा भैरहेको विकास प्रणालीको सुधार गर्दै विकासमा जनताको सहभागिता बढाएर संस्थागत सुशासन प्रवर्धन गर्ने र रेसुंगा नगरपालिका भित्र खरको छाना भएका ६ सय ५७ घरमा हुन सक्ने आगलागीका घटना न्यूनीकरण गर्न ति घरपरिवारलाई जस्तापाता उपलब्ध गराएर खरका छानामुक्त नगरपालिका गराउने ।

शिक्षाको विकासका लागि प्राविधिक शिक्षा र कृषि प्रणालीमा आवश्यकता अनुसारको शिक्षा नीति तयार गर्ने । जिल्ला अस्पतालाई थप सुविधासम्पन्न गराउँदै विशेषज्ञ सेवा प्रदान गर्ने तथा नगरपालिकाका हरेक वार्डमा गर्भवती महिलाका लागि बर्थिङ सेन्टर स्थापना गर्दै भएका स्वास्थ्य चौकीको स्तरोन्नती गर्ने ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend