logo
  • शुक्रबार, असोज ९ २०८३

सबैको चाहना : सम्बृद्ध र पर्यटकीय ‘चन्द्रकोट गाउँपालिका’


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कुशुम नेपाली, गुल्मी असार ९ ।
गुल्मी जिल्लाका १० गाउँपालिका मध्ये चन्द्रकोट गाउँपालिका जिल्लाका दुई ठुला बजार रहेको गाउँपालिका हो । साबिकका दिब्रुङ, बिशुखर्क, हर्राचौर, शान्तिपुर, ग्वाघा, हरेवा, रुपाकोट र तुराङ गरी ८ गाविस समावेश गरेर चन्द्रकोट गाउँपालिका घोषणा गरिएको छ । यसको केन्द्र शान्तिपुरमा रहने प्रस्ताव गरिएको छ ।

दुई ठुला बजार भएपनि अन्य गाविस ग्रामिण क्षेत्र नै हुन् । चन्द्रकोट गाउँपालिकामा कांग्रेस, एमाले र माओवादी बिच त्रिपक्षिय भिडन्त छ । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा शान्तिपुर गाविसको अध्यक्ष निर्वाचित भएका एमालेका गाउँपालिका अध्यक्ष मिमलाल श्रेष्ठका चुनावी एजेण्डा उनकै शब्दमा यस्ता छन् ।

चन्द्रकोट गाउँपालिका भित्रका सबै गाउँ र बजारको विकास र सम्बृद्धिको आधार पर्यटन प्रवर्धनका लागि टिमुरे, चन्द्रकोट, दिब्रुङ, चक्रेश्वर मन्दिर, ग्वाघाको कौडे लेक, हरेवा अर्जेवाको झरना, रुपाकोटको सत्यवती मन्दिरको विकास र संरक्षण गर्दै गुल्मी जिल्लाकै नमुना धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने ।

नदीजन्य कच्चा पदार्थ, र बनजन्य जडीबुटीको उत्खनन्, प्रशोधन र विक्रि वितरण गर्ने । हरेवा खोला, मिदि खोला र हुग्दी खोलामा बगेर खेर गएको पानीबाट प्रयाप्त बिजुली निकाल्न सकिने सम्भावना प्रचुर रहेकाले त्यसको सम्भाव्यता अध्ययन गरी विद्युत उत्पादनका लागि योजना बनाई कार्यान्वयन गर्ने र त्यसबाट निस्कने पानीलाई सिंचाईमा प्रयोग गर्ने।

बृद्धबृद्धाहरुको सम्मानका लागि कर्मचारी सहितको आश्रम निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सरसफाईलाई अभियान र आवश्यकताका आधारमा अघि बढाउने । गाउँपालिका भित्रका सम्भावित बजारहरुमा स्थानीय उद्योग स्थापना गर्ने । कृषिलाई व्यवसायीकीकरण गर्दै स्थानीय उत्पादनलाई स्थानीय उपभोक्तामै खरिद विक्रि गरी आम्दानी र आत्मनिर्भरता बढाउने ।

खेलकुदका लागि गाउँपलिका स्तरीय रंगशाला निर्माण गर्ने कार्यलाई थप तदारुकताका साथ पहिलो प्राथमिकतामा राख्ने । कृषि पर्यटनका लागि सम्भावनाको खोजी गर्दै शान्तिपुरमै कृषि क्याम्पसको स्थापना गर्ने । संचार सुविधामा सबैको पहुँच पु¥याउँदै सबैका घरमा सहज प्रविधिको इन्टरनेट सुविधा विस्तार गर्ने ।

स्वास्थ्य उपचारका लागि १५ बेडको अस्पताल निर्माण गर्ने । गाउँपालिका भित्र रिङरोडको स्थापना । तुराङको भुजुङ्गे बगरलाई बस्तीको संरक्षण गर्दै कृतिम ताल निर्माण गर्ने ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend